अलेक्सान्दर निकोलाएभिच पात्रेसोभ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अलेक्सान्दर निकोलाएभिच पात्रेसोभ (सन् १८६९-१९३४) - एक रुसी मेन्सेविक नेता । प्रतिक्रियावादी र नयाँ क्रान्तिकारी आन्दोलनको विकास (सन् १९०७-१९१२) का वर्षहरूमा उनी विसर्जनवादका सिद्धान्तकार बने । उनले 'भज्रोज्दोनिए' ('पुनर्जन्म'), 'नाशा जार्या' ('हाम्रो ज्योति') र मेन्सेविक विसर्जनवादीहरूका उरु पनि पत्रपत्रिकाहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा सामाजिक-अन्धराष्ट्रियवादी रहे । अक्टोवर समाजवादी क्रान्तिपश्चात् विदेशतर्फ लागे र प्रवासमा रहेर साप्ताहिक 'द्नी' ('दिवस')मा भाग लिन थाले । उनले सोभियत रुसप्रति लाञ्छनापूर्ण लेखहरू छपाएका थिए । [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८९
विकिमिडिया कमन्समा अलेक्सान्दर निकोलाएभिच पात्रेसोभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।