अरुणा राय (जन्म:२६ जुन १९४६) एक भारतीय राजनीतिज्ञ तथा सामाजिक कार्यकर्ता हुन् । उनी द्वारा स्थापित मजदुर किसान शक्ति सङ्गठनका उनी अध्यक्ष छिन । सुचनाको अधिकार सम्बन्धि आन्दोलन आरटिआई का लागि उनलाई मुख्यत: चिनिन्छ । आर टि आई २००५ सुचनाको ऐन का लागि उनी अगुवा थिइन् , हाल उनी राष्ट्रिय सल्लाहकार परिषदका सदस्य छिन् ।

अरुणा राय
जन्म(१९४६-०६-२६)२६ जुन १९४६
चेन्नई
राष्ट्रियताभारतीय
पेशाकार्यकर्ता

जीवनवृति सम्पादन गर्नुहोस्

वहाँले सन् १९६८ देखि सन् १९७५ सम्म भारतीय प्रशासनिक सेवामा कार्य गरेकी थिइन् । पछि वहाँले आफ्नो पदबाट राजिनामा दिएर सामाजिक कार्यकर्ताका रूपमा आफुलाई स्थापित गरिन् । वहाँले सामाजिक कार्य र अनुसन्धान केन्द्र तिलोनिया, राजस्थानमा प्रवेश गरिन् र त्यहाँ कार्य गरिन् ।

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

राजस्थानको गरिब जनताको जीवन उकास्नका लागि उनलाई सन् २००० को रमन म्याग्सेसे पुरस्कार पुरस्कार प्रदान गरियो । सन् २०१० मा उनले जन प्रशासन सम्बन्धि उत्कृष्ट कार्यको लागि भारतको प्रतिष्ठित लाल बहादुर शास्त्री राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भईन ।

राष्ट्रिय सुरक्षा परिषद सम्पादन गर्नुहोस्

सन् २००४ मा मनमोहन सिंहको सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सदस्यको रूपमा मनोनयन गर्यो ।