विकासवादी जीवविज्ञानमनोविज्ञानमा अभिभावकीय लगानी एक अभिभावकलाई आफ्नो शिशु सह्यार्न खर्च हुने समय र स्रोत हो।[१] [२] विभिन्‍न वन्यजन्तुमा विभिन्‍न तहको अभिभावकीय लगानी देखिन्छ। कुनै प्रजातिमा दुवै पुरुषलिङ्‍ग र स्‍त्रीलिङ्‍गको अभिभावकीय लगानी हुन्छ भने कुनै प्रजातिमा पुरुषलिङ्‍ग वा स्‍त्रीलिङ्‍गको मात्र लगानी हुन्छ।

एउटी पोथी क्यालियोप हमिङ्‍गबर्ड आफ्ना भँगेराहरूलाई खुवाउँदै
आमाले आफ्नो शिशुलाई खुवाउँदै

यो शब्दलाई पहिलो पटक रोबर्ट ट्राइभरले सन् १९७२ मा प्रयोग गरेका थिए। उनको नीति अनुसार जुन लिङ्‍गले आफ्नो शिशुको लागि बढी लगानी गर्नुपर्छ त्यस लिङ्‍ग सहवासी छनोटमा बढी चयनात्मक हुन्छ। यो नीति वन्यजन्तु र मानिसमा पाइने लिङ्‍ग भेदपछाडीको जीववैज्ञानिक र मनोवैज्ञानिक सिद्धान्त खोज्‍न प्रयोग गरिएको छ। [३]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Clutton-Brock, T.H. 1991. The Evolution of Parental Care. Princeton, NJ: Princeton U. Press. pg. 9
  2. Trivers, R.L. (1972). Parental investment and sexual selection. In B. Campbell (Ed.), Sexual selection and the descent of man, 1871-1971 (pp. 136–179). Chicago, IL: Aldine. आइएसबिएन ०-४३५-६२१५७-२.
  3. Trivers, R.L. (1972). Parental investment and sexual selection. In B. Campbell (Ed.), Sexual selection and the descent of man, 1871-1971 (pp. 136–179). Chicago, IL: Aldine. आइएसबिएन ०-४३५-६२१५७-२ISBN 0-435-62157-2.