अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय


अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नेपालको गण्डकी प्रदेशको पोखरामा अवस्थित रहेको छ।[१] हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै आकर्षित छन्।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको लोगो
नक्सा
प्रकारपर्वतीय सङ्ग्रह
आगन्तुकN/A

सङ्ग्रह सम्पादन गर्नुहोस्

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यो सङ्ग्रहालयलाई सञ्चालनमा ल्याइएको हो। सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए/गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शनमा राखिएको छ।

विवरण सम्पादन गर्नुहोस्

करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण तथा ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ। नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको छ। उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र समेत रहेको छ।[२]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आगन्तुकहरुको लागि खुल्ला", पर्यटन बजार (नेपालीमा), अन्तिम पहुँच २५ भाद्र २०७८ [dead link]
  2. "अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै", ganthan (नेपालीमा), अन्तिम पहुँच २५ भाद्र २०७८