अन्तर्राष्ट्रिय नारी दिवस

महिला हकहितका लागि अन्तराष्ट्रिय दिवस

अन्तरराष्ट्रिय नारी दिवस (अङ्ग्रेजी: International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

अन्तरराष्ट्रिय नारी दिवस
Frauentag 1914 Heraus mit dem Frauenwahlrecht.jpg
१९१४ मार्च ८ को अन्तरराष्ट्रिय नारी दिवसमा प्रयोग गरिएको पोष्टर
अनुयायीविश्वभरका महिला तथा पुरुष
प्रकारअन्तर्राष्ट्रिय
महत्त्वचेतना अभिवृद्धि, लैङ्िगक समानता
मितिमार्च ८
आवृत्तिवार्षिक
सम्बन्धितअन्तर्राष्ट्रिय बाल दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस, अन्तर्राष्ट्रिय श्रम दिवस

इतिहाससम्पादन

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।

हालका कार्यक्रमहरूसम्पादन

हालका दिनहरूमा संसार भरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । सन् २००१ मा internationalwomensday.com नामक डिजिटल हबको सुरुवात भयो । यसमा सित्तैमा आफ्नो गाउँ समाजमा हुन लागेका कार्यक्रमहरूको रेजिस्टर गर्न सकिन्छ ।[१] सन् २०१३ मा यस वेभसाइटलाई बेलायतमा रहेको एक कम्पनीले चलाएका थिए ।[२] सन् २०१६, मा यसलाइ इयुद्वारा स्पोनपसर गरियो र थप ७ वटा महिला संङ्घहरू यसमा आबद्ध भए ।[३] वेभसाइटले वार्षिक विषय राख्ने गरेको छ जुन संसार भरलाई सुहाउँदो होस् । थुप्रै संङ्घ संस्थाहरूले यसलाइ साथ दिएका छन् ।

ताइवान मा भने नारी दिवस महिलाको कम्मरको आकारको सर्वेक्षणको नतिजासँगैँ सुरु हुन्छ, जसमा मोटोपनाको विरुद्ध चेतावनी दिइने गरिन्छ ।[४]

तस्वीर सङ्ग्रहसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. http://www.internationalwomensday.com/About
  2. "International Women's Day 2013", Internationalwomensday.com, अन्तिम पहुँच २०१३-०३-०८ 
  3. http://www.internationalwomensday.com/Partners
  4. "Women's waistlines increasing: bureau", Taipei Times, मार्च ९, २०१३। 

बाह्य कडीहरूसम्पादन