अन्कोसर्सिआसिस (अन्य नामः रिभर ब्लाईन्डनेस वा रोबल्स रोग) परजीवी कीरा अन्कोसर्का भोल्भुलसको संक्रमणको कारणले लाग्ने रोग हो।[] यसका लक्षणहरूमा अत्याधिक चिलाउनु, छालाभित्र गाँठो हुनु, तथा अन्धोपन हुनुशामिल छन्।[] यो ट्राकोमापछि हुने संक्रमणको कारणले हुने अन्धोपनको यो दोस्रो धेरै सामान्य कारण हो।[]

अन्कोसर्सिआसिस
विभाग:Infectious diseases, tropical medicine Edit this on Wikidata

सिमुलियम प्रकारको ब्ल्याक फ्लाई ले टोकेमा परजीवी कीरा फैलिन्छ।[] प्राय: संक्रमण हुनुपूर्व मानिसको शरीरमा धेरै टोक्नु पर्दछ।[] यी झिंगाहरू खोलामा बस्ने भएकाले यसको नाम त्यसो हुन गएको हो।[] एकपटक ती कीराहरूले मानिसको शरीरमा लार्भा जन्माएपछि तिनीहरू छालाभित्र रहन्छन्।[] यहाँ तिनीहरूले व्यक्तिलाई टोक्ने अर्को ब्ल्याक फ्लाईलाई पनि संक्रमण गर्न सक्दछन्।[] यसको निदान गर्ने धेरै तरीकाहरू छन् जसमा: सामान्य सेलिन मा छालाको बायोप्सी लिने र लार्भा बाहिर निस्कन्छ वा निस्कदैन भनी हेर्ने, आँखामा लार्भा छ कि भनी हेर्ने, गाँठो भित्र ठूला कीरा छन् कि भनी हेर्ने शामिल छन्।[]

यो रोगविरूद्धको खोप बनेको छैन।[] यसको निवारण गर्ने तरीका भनेको झिंगालाई टोक्न नदिनु हो।[] यसमा कीरा निवारक तथा राम्रोसँग लुगा लगाउनु शामिल छन्।[] अन्य प्रयासहरूमा कीटनाशकछरेर झिंगाको सङ्ख्या कम गर्नु पर्दछ।[] विश्वका धेरै ठाँउहरूमा वर्षमा दुईपटक मानिसहरूको सम्पुर्ण समूहहरूलाई उपचार गरी रोग उल्मूलन गर्ने प्रयास भइरहेको छ।[] ती संक्रमित मानिसहरूको उपचारको लागि प्रत्येक छ देखि बाह्र महिनामा आइभर्मेक्टिन औषधि दिइन्छ।[][] यस उपचारले ठूला कीरालाई नभई लार्भालाई मात्र मार्दछ।[] डोक्सीसाइक्लाईन, नामक औषधिले सम्बद्ध जीवाणु वोल्वाचिया, लाई मार्दछ र यसले कीराहरूलाई कमजोर पार्दछ तसर्थ यसलाई पनि प्रयोग गर्न सिफारिश गरिन्छ।[] छालाभित्र रहेको गाँठोलाई शल्यक्रियामार्फत हटाएर पनि यसको उपचार गर्न सकिन्छ।[]

करिब 17 देखि 25 लाख मानिसहरू रिभर ब्लाईन्डनेसबाट संक्रमित छन् भने लगभग 0.8 लाखले आफ्नो आँखाको ज्योति गुमाएका छन्।[][] धेरै संक्रमणहरू उप-सहारा अफ्रिका, मा हुन्छन्, यद्यपि यमन तथा सेन्ट्रलदक्षिण अमेरिकामा पनि रोगीहरू भेटिएका छन्।[] 1915 मा, यस कीराको कारण आँखाको रोग लाग्दछ भनी चिकित्सक रोडोल्फो रोबल्स ले पत्ता लगाएका थिए।[] यसलाई संयुक्त स्वास्थ्य सङ्गठन ले उपेक्षित ट्रपिकल रोगको रूपमा सूचित गरेको छ।[]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ "Onchocerciasis Fact sheet N°374", World Health Oragnization, मार्च २०१४, अन्तिम पहुँच २० मार्च २०१४ 
  2. २.० २.१ "Onchocerciasis (also known as River Blindness)", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  3. ३.० ३.१ "Parasites – Onchocerciasis (also known as River Blindness) Epidemiology & Risk Factors", CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  4. "Onchocerciasis (also known as River Blindness) Diagnosis", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  5. ५.० ५.१ "Onchocerciasis (also known as River Blindness) Prevention & Control", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४ 
  6. ६.० ६.१ Murray, Patrick (२०१३), Medical microbiology (7th संस्करण), Philadelphia: Elsevier Saunders, पृ: ७९२, आइएसबिएन 9780323086929 
  7. ७.० ७.१ ७.२ Brunette, Gary W. (२०११), CDC Health Information for International Travel 2012 : The Yellow Book, Oxford University Press, पृ: २५८, आइएसबिएन 9780199830367 
  8. Lok, James B.; Walker, Edward D.; Scoles, Glen A. (२००४), "9. Filariasis", in Eldridge, Bruce F.; Edman, John D.; Edman, J., Medical entomology (Revised संस्करण), Dordrecht: Kluwer Academic, पृ: ३०१, आइएसबिएन 9781402017940 
  9. Reddy M, Gill SS, Kalkar SR, Wu W, Anderson PJ, Rochon PA (अक्टोबर २००७), "Oral drug therapy for multiple neglected tropical diseases: a systematic review", JAMA 298 (16): 1911–24, डिओआई:10.1001/jama.298.16.1911, पिएमआइडी 17954542