अटिज्म
चिकित्सकीय भाषामा मस्तिष्कको विकासका बेला हुने विकारको कारण सामाजिक संबन्ध तथा सञ्चार (कुराकानी र व्यवहार)मा देखिने सुस्तता लाई अटिज्म स्प्रेक्टम डिजअर्डर (एएसडी) भनिन्छ । अटिज्म रोग नभएर एउटा अवस्था हो ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
स्वभावजन्य असामान्यता, सामाजिक अन्तरक्रियामा कमी र सञ्चार/सम्वादमा अभाव अटिज्मका तीन प्रमुख पहिचान हुन् । बच्चामा यस्ता तीनवटै स्वभाव देखिए अटिज्म वा अटिज्म स्प्रेक्टम डिजअर्डर भनिन्छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार प्रत्येक दस हजार बालबालिकामध्ये २१ जना सम्ममा अटिज्म देखिन्छ । अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सिडिसी) का अनुसार ८८ मध्ये एकजना अटिज्म स्प्रेक्टम डिजअर्डर (एएसडी)बाट पीडित हुन्छ । यो आकलन सन् नब्बेको दशकमा गरिएको भन्दा बढी हो । अटिज्मग्रस्त बालबालिकालाई दिनचर्यामा अभिभावकको सहयोग आवश्यकता पर्छ ।जीवनभरि कायम रहने यस्तो विकारलाई निको पार्ने कुनै ठोस उपचार छैन | जटिल स्नायुको विकाससँग सम्बन्धित विकलांगता अर्थात् अटिज्मले मस्तिष्क कर्ममा प्रभावित गर्छ । दुईजना अटिज्म प्रभावित बालबालिकामा उस्ता उस्तै लक्षण भने देखिँदैन ।
यस्तै अटिज्मको रोगीमध्ये ७ देखि १४ प्रतिशतमा छारे रोगको लक्षण देखिन्छ भने सुस्त मनस्थितिको समस्या करिब ७५ प्रतिशतमा देखिने गरेको छ। अटिज्म पीडित बालबालिकाले आफै लाई क्षति पुर्याउन सक्ने र अति सक्रिय समेत हुने गरेका छन् ।अटिज्मग्रस्त अधिकांश बालबालिकामा सिक्ने क्षमता अत्यन्त कम रहने भएता पनि अर्कोतर्फ अटिज्म भएका केही बालबालिकामा भने सामान्य वा उच्चतम स्तरको बौद्घकि प्रतिभा पनि हुन्छ, यस्ता बालबालिका छिट्टै सिके पनि एक अर्कासँगको कुराकानीमा असहज हुन्छन् । उनीहरू दैनिक जीवनमा सिकेको ज्ञानलाई उपयोग गर्न हिच्किचाउँछन् । अटिज्म भएका धेरै कम बालबालिकामा यस्ता पनि हुन्छन् जसलाई अटिस्टिक विद्वान् भन्ने गरिन्छ । यस्ता बच्चा संगीत, कला, गणित जस्ता कुनै एक विशिष्ट क्षेत्रमा अब्बल हुन्छन् । अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ डिफनेस एन्ड अदर कम्युनिकेसन डिसअर्डर (एनआइडिसिडी)को अनुसार अटिज्म भएका २५ प्रतिशत बालबालिका मौखिक भाषा कौशलको विकास नगर्ने विशेषज्ञहरूको अनुमान छ । यस्ता बालबालिकाको लागि सांकेतिक भाषा सिकाउनु उपयोगी हुन्छ ।
- अटिज्मको पहिचानको लागि कति बेला चिकित्सकको सल्लाह लिने ?
एक वर्षको हुँदा पनि तोतेबोली बोल्दैन
एक वर्षको भए पनि कुनै शव्द बोल्ने प्रयास गर्दैन
एक वर्षमा समेत कुनै हाउभाउ प्रकट नगरे
१६ महिनाको भए पनि शब्द छुटयाएर बोल्न नसके
दुई वर्षको हुँदा समेत दुई शब्दको वाक्य बोल्न नसके
- [१] वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२० मिति:अटिज्म: आफ्नै दुनियाँमा रमाउनेहरू-अतुल मिश्र