अजरबैजानी राहदानी अजरबैजानका नागरिकहरूका लागि अन्तर्राष्ट्रिय यात्राको उद्देश्यमा जारी गरिन्छ। सन् २००७ देखि जारी भएको मितिबाट सामान्य राहदानी १० वर्षको लागि मान्य हुनेछ र यसमा ३४ प्रवेशाज्ञा पृष्ठहरू रहेका हुन्छन्। राहदानीको सामग्री अजरबैजानीअङ्ग्रेजीमा छापिएको छ।

अजरबैजानी राहदानी
समकालीन अजरबैजानी बायोमेट्रिक राहदानीको आवरण पृष्ठ (२०१३).
नयाँ संस्करणको अजरबैजानी राहदानीको आँकडा पृष्ठ
प्रथम जारी मिति२८ मे १९९१
१ सेप्टेम्बर २०१३ (बायोमेट्रिक राहदानी)
जारी गर्ने अजरबैजान
कागजातको प्रकारराहदानी
उदेश्यपरिचय
आवश्यकताअजरबैजानी नागरिकता
म्याद समाप्ति१ वर्ष मुनिका बालबालिकाहरूका लागि १ वर्ष समयावधी ३ वर्ष समयावधी – ३ वर्ष मुनिका बालबालिकाहरूका लागि
५ वर्ष समयावधी – ३-१८ वर्ष मुनिका बालबालिकाहरूका लागि
१० वर्ष समयावधी – १८ वर्ष नाघेका मानिसहरूका लागि

१ जनवरी २०१८ सम्म, अजरबैजानी नागरिकहरूका लागि ६३ देश र क्षेत्रहरूमा नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रहेको छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनुसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७२अौँ स्थानमा रहेको छ।

राहदानीको प्रकार सम्पादन गर्नुहोस्

  • सामान्य राहदानी: साधारण नागरिकहरूका लागि जारी गरिन्छ।
    • सामान्य राहदानी पाँच र दश वर्ष गरी दुई विभिन्न समयावधिको लागि जारी गरिन्छ। १८ वर्षसम्मका अजरबैजानी नागरिकहरूले ५ वर्षका लागि मात्र राहदानी जारी गर्न सक्छन् जबकि १८ वर्ष वा सो भन्दा बढी उमेर भएका अजरबैजानी नागरिकहरूले १० वर्षको लागि हरियो रङ्ग भएको राहदानी जारी गर्न सक्छन्।
  • आधिकारिक राहदानी: सिभिल स्वाको लागि जारी गरिन्छ।
  • कुटनैतिक राहदानी: कूटनीतिज्ञ र तिनीहरूको परिवार वा उच्च पदमा रहेका अधिकारीहरूका लागि यो राहदानी जारी गरिन्छ।

हेर्दा कस्तो देखिन्छ सम्पादन गर्नुहोस्

अजरबैजानको निशान छाप राहदानीको आवरणको बीच भागमा प्रिट गरिएको छ जसमा अजरबैजानी भाषामा अजरबेक्यान रेसपब्लिकासी लेखिएको छ भने अङ्ग्रेजीमा द रिपब्लिक अफ अजरबैजान लेखिएको छ।

राहदानी ८८ x १२५ मिलिमिटर रहेको छ र यसमा ५४ वटा पृष्ठहरू समावेश छन्।

अजरबैजानी राहदानीको नमूना निम्न उल्लेखित रङ्गहरूमा उपलब्ध छ:

  • सिभिल राहदानी-गाढा हरियो
  • आधिकारिक राहदानी-गाढा निलो
  • कूटनैतिक राहदानी-गाढा रातो

बायोमेट्रिक राहदानी सम्पादन गर्नुहोस्

नयाँ अजरबैजानी राहदानी १७ जुलाई २०१२ मा घोषण गरिएको थियो।[१]

जानकारी पृष्ठ सम्पादन गर्नुहोस्

अजरबैजानी राहदानी, अजरबैजानको आन्तरिक प्रभाव मन्त्रालयले जारी गर्दछ। यसमा निम्न लिखित आँकडाहरू हुन्छन्:

  • राहदानी प्रपकको तस्वीर
  • प्रकार (राहदानी)
  • राहदानी सङ्ख्या
  • थर
  • नाम
  • जन्म मिती
  • लिझ्ग
  • जन्म स्थल (सूचित सहर, गणतन्त्र अजरबैजान बाहिर जन्मिता पनि)।
  • जारी गरिएको मिती
  • म्याद सकिने मिती
  • प्रपपको हस्ताक्षर
  • यन्त्र पढ्नयोग्य क्षेत्र

प्रवेशाज्ञा आवश्यकता सम्पादन गर्नुहोस्

 
अजरबैजानी नागरिकहरूका लागि प्रवेशाज्ञाको आवश्यकता

अक्टोबर २०१८ सम्म, अजरबैजानी नागरिकहरूका लागि ६६ देश र क्षेत्रहरूमा नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रहेको छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनुसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७५अौँ स्थानमा रहेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "न्युज.एजेट - अजरबैजानको नयाँ बायोमेट्रिक राहदानीको नमूनाको सार्वजनिक - तस्वीरहरू", डब्ल्यूडब्ल्यूडब्ल्यू डट न्युज डट एजेट, अन्तिम पहुँच १४ अप्रिल २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्