अग्रसेन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए।
धार्मिक मान्यतानुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आज भन्दा ५१८५ वर्ष पहिले भएको थियो। उनी बाल्यकाल देखि नै आफ्ना प्रजासित धेरै नै लोकप्रिय थिए। उनी एक धार्मिक, शान्ति-दूत, प्रजावत्सल, हिंसा विरोधी, बली प्रथाको विरोधी, करुणानिधि, सब प्राणीहरूलाई प्रेम, स्नेह गर्ने दयालु राजा थिए। यिनी बल्लभ गढ़ तथा आगराका राजा बल्लभका जेठा छोरा, शूरसेनका दाइ थिए।[१]
महाराज अग्रसेन | |
---|---|
अग्रोहा गणराज्यका महाराजा | |
पूर्वाधिकारी | महाराजा श्री वल्लभसेन |
उत्तराधिकारी | महाराजा श्री विभुसेन |
वंश | सूर्यवंशी |
बाबु | महाराजा श्री वल्लभसेन |
आमा | महारानी श्रीमती भगवती देवी |
धर्म | हिन्दू |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा अग्रसेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।