अँधेरी जस्तै जुन बिनाको (अञ्जु पन्तको गीत)

अँधेरी जस्तै जुन बिनाको एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका अञ्जु पन्तको रहेको छ। यो एक नारायण भण्डारीको गीति सङ्गालो अध्यायमा समावेश पहिलो गीत हो। यसले उत्कृष्ट गीतको तर्फबाट विभिन्न पुरस्कार समेत जितेको छ

"अँधेरी जस्तै जुन बिनाको"
अञ्जु पन्त[१]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०५:५३
लेबलम्युजिक नेपाल
गीतकार(हरू)एक नारायण भण्डारी
साङ्गीतिक भिडियो
"अँधेरी जस्तै जुन बिनाको" युट्युबमा हेर्नुहोस्

यस गीतमा छायाङ्कन मधुर बस्नेत गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका छन् र यस गीतलाई निर्देशन शङ्कर बिसीले गरेका हुन्। यस गीतमा शब्द तथा सङ्गीत वरिष्ठ गीत तथा सङ्गीतकार एक नारायण भण्डारीको रहेको छ। यसमा श्रव्य म्युजिक नेपालको रहेको छ। यस गीतको उत्पादक तथा वितरक सितारा म्युजिक प्रालि हो। यस गीतको श्रव्य दृश्यलाई निर्माण कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङले गरेको छ। यसका सिआरबिटि तथा पिआरबिटि अङ्क क्रमशः ०१३०००१५७२ र ६०४१४३२३ हुन्।[२]

साङ्गीतिक श्रव्य दृश्य सम्पादन गर्नुहोस्

यसको श्रव्य दृश्य भक्तपुर अस्पतालको दृश्यबाट सुरुवात भएको छ। श्रव्य दृश्यकी प्रमुख महिला पात्रले नोकिया मोबाइल प्रयोग गर्दै प्रमुख पात्रलाई सम्पर्क गर्छिन्। उनले फोन उठाउदै भेट्ने पक्का गर्छन्। महिला पात्र दौडिएर पुरुष पात्र भएको ठाउँमा पुग्छिन् र उनको अनुहार मलिन देख्छिन् र उनको हातमा एउटा कागज पनि देख्छिन् जो उनले अस्पतालबाट उपचार गरी प्राप्त गरेको प्रतिवेदन हुन्छ। उनले त्यो प्रतिवेदन पढ्न नपाउँदै उनलाई रक्त अर्बुद भएको र उनलाई साथ दिन नसक्ने जानकारी दिन्छन् जसले गर्दा उनको हातबाट सो पत्र भुँईमा खस्छ। त्यसपछि, गीतको सुरुवात हुन्छ। महिलाले उनको हात समाउँदै उनलाई गीत मार्फत पिडा व्यक्त गर्छिन्। 

एकछिन पछि उनको अनुहारमा आँसु बस्छ जो पुरुष पात्रले पुसिदिन्छन् र उनी गीत गाउँदै पिडा पोख्न थाल्छिन्। त्यसपछि गीतको दृश्य विगतमा पुग्छ जसमा एक खुला मैदानमा देखाइएको  जसमा दुबै जना हासिखुखी देखिन्छन्। एकैछिन पछि दुबै जना दौडिन थाल्छन् र पुरुषले महिलालाई बोकेर घुमाउन थाल्छन्। पछि उनलाई थकाई लाग्छ र पानी लिन गई एक बोतल पानी लिएर आउँछन् र पानी उनले पिउन खोज्दा महिलाले उनलाई पानी खुवाइ दिन्छिन्। दृश्य वर्तमानमा रातमा पुग्छ जसमा दुबै जना एउटा घरबाट बाहिर निस्किन्छन् र महिलाले बेदनाको गीत प्रस्तुत गर्ने थाल्छिन्। उनीहरू दुबैले पिजडामा थुनेर राखेको दुइवटा सुगालाई हेर्छन्। पुरुष उनीबाट अलिकति टाढा जान्छन् र उनी सोही ठाउँमा हतारिँदै पुग्छिन् र पुरुषले उनको हात समाउँदै उनको हातलाई चुम्छन्। महिलाले पिडाको गीत व्यक्त गर्द‌ै जाँदा उनको अनुहार पनि धमिलिन्छ र उनले पनि पिडा महसुस गर्छन्। श्रव्य दृश्य निश्चित गतिमा अघि बढ्छ। 

रातबाट दृश्य दिउँसोमा पुग्दछ जसमा पुरुषले चङ्गा उडाइरहेका हुन्छन्। उनी दौडिएर त्यस ठाउँमा पुग्छिन् र दुबै जनाले चङ्गा उडाउन थाल्छन्। चङ्गाको डोरी खोल्दै जाँदा चङ्गा अचानक चुड्छ र दुबै जना आश्चर्य चकित हुन्छन्। श्रव्य दृश्य वर्तमानक रातमा पुग्छ जसमा उनले पिडा व्यक्त गरिसहेकी हुन्छिन्। उनी पुरुष भएको ठाउँमा पुग्छिन् र उनको गाला समाउँछिन् र पछि उनी वर्तमानको समयमा झस्किन्छिन् र उनको बारेमा नराम्रो सुन्दा सहन नसक्ने कुरा व्यक्त गर्छिन्। श्रव्य दृश्य सोही दिउसोको अवस्थामा पुग्छ जसमा पुरुषले आफ्नो हातले उनको अनुहारमा स्पर्श गर्छन्। वर्तमानमा उनी आफ्नो आँसु पुस्दै पिडा व्यक्त गर्छिन्। श्रव्य दृश्य वर्मतान र विगतमा रूमल्लिन थाल्छ। उनीहरू दुबै जना निराश देखिन्छ र उनले एउटा बृक्षको पात समाउँदै पिडा जाहेर गर्छिन्। पछि एक जना युवक आएर उनी गार्‍हो अवस्थामा रहेको जानकारी उनलाई दिन्छन्। पछि उनी निराश हुँदै दौडिएर उनी भएको (सम्भावित अस्पताल) मा पुग्छिन् जसमा उनले तीनजना रूदैँ आँसु पुस्दै गरेको देख्छिन्। पुरुषको नामका पिउरी हालिएको हुन्छ जसको अर्थ उनी संसारबाट बिदा लिएको उनले बुझ्छिन्। एकैछिन पछि उनी रूदैँ उनको छातीमाथि टाउको राखेर बेस्सरी रून थाल्छिन् र गीतको दृश्यमा "तिमी नभए मेरो जिन्दगानी आँखा जस्तै नानी विनाको" शब्द देखा पर्दै अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्