२०१० मा प्रदान गरिएका नोबेल पुरस्कार

२०१०मा प्रदान गरिएका नोबेल पुरस्कार

यो वर्षको नोवेल पुरस्कार पाउने ११ जनामध्ये तीन जना अमेरिकाका, चीन र रुसका दुई/दुई जना छन् भने पेरु, जापान, वेलायत र साइप्रसका एक/एक जना विद्वान् छन्।

शान्तितर्फ यो वर्षको नोवेल पुरस्कार चीनका लिउ जिआवोले पाए। उन्ले चीनमा मानवअधिकारको मुद्धामा लड्दै आएका छन् र यही कारण उनी लामोसमयदेखि जेल जीवन बिताइरहेका छन्। जिआवोले पुरस्कार पाउँदा चीन सरकारले भने विरोध गर्‍यो। उनी यही कारणबाट पुरस्कार लिनका लागि नर्वेको ओस्लो समेत जान पाएनान।

साहित्यतर्फको नोवेल पुरस्कार पेरुका मोरिस भर्गस लोसाले पाए। साहित्यमार्फत सत्ताप्रति कडा आलोचना गर्ने स्पष्ट छवि भएका लोसाका दुई दर्जन पुरस्कार प्रकाशित भएका छन्। उन्का पुस्तकहरू दर्जनौं भाषामा प्रकाशित हुन्छन् भने लोसा अहिले स्पेनको राजधानी म्याडि्रडमा बस्दै आएका छन्।

रोजगारीमा नयाँ सिद्धान्त प्रतिपादन गरेका तीन जनालाई यस वर्षको अर्थशास्त्रको नोवेल पुरस्कार प्रदान गरियो। अमेरिकाका पिटर ए. डायमण्ड तथा डले टि. मोर्टिनसेन र साइप्रसका क्रिष्टोफर ए. पिजारिडेशले अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाएका हुन्।

टेष्टट्युव बेवी प्रविधिका सह-जन्मदाता रोवर्ट जी एडवर्डले यो वर्षको चिकित्साशास्त्रको पुरस्कार पाएका छन्। बेलायतका रोवर्टले टेष्टट्युव प्रविधिबाट पहिलोपटक ३२ वर्षअघि बच्चा जन्माएका थिए। टेष्टट्युव बेवी प्रविधिका अर्का जन्मदाताको मृत्यु भइ सकेकोले उनी भने पुरस्कारबाट बन्चित भए |

रसायनशास्त्रमा अमेरिकाका रिचर्ड एफ. हेक, चीनका इ-इचि नेगिसी, जापानका अकिरा सुजुकी ३ जनालाई नोवेल पुरस्कार प्रदान गरियो |

भौतिकशास्त्रमा रुसका कोनस्तान्तिन नोभोसेल्भ र आन्द्रे जेम २ जनालाई नोवेल पुरस्कार प्रदान गरियो |। कम्युटरस्त्रिmनको निर्माणदेखि क्यान्सर रोगको उपचारसम्मका लागि उपयोग आउने कार्वन अणुको प्रयोगका लागि रसायनशास्त्रको नोवेल पुरस्कार दिइएको हो भने ग्रेफाइटको छोटो रूप ग्राफीन बनाएवापत भौतिकशास्त्रको नोवेल पुरस्कार दिइएको हो।आन्द्रे जेम सन २०००को इग नोबल पुरस्कार बिजेता पनि हुन|