१९४६ विहार दङ्गा
२४ अक्टुबरदेखि ११ नोभेम्बर १९४६ सम्म बिहारमा साम्प्रदायिक दङ्गा भएको थियो जसमा हिन्दु भिडले मुस्लिम परिवारहरूलाई निशाना बनाएका थिए। यस दङ्गा कोलकाता दङ्गा प्रकरणसँग सम्बन्धित थियो भने सही वर्ष नोयाखाली दङ्गाको पनि सुरुवात भएको थियो। महात्मा गान्धीले यदी दङ्गाको अन्त्य गरिएन भने उनी आमरण अनशनमा बस्ने घोषण गरेका थिए। यो दङ्गा साम्प्रदायिक हिंसाको क्रमको हिस्सा थियो जुन भारत विभाजनमा अन्त्य भएको थियो।
१९४६ विहार दङ्गा | |
---|---|
मिति | २४ अक्टोबर १९४६ – ११ नोभेम्बर १९४६ |
स्थान | |
कारण | कलकत्ता दङ्गा, नोयाखाली दङ्गा[१] |
Casualties | |
मृत्यु(हरू) | ५,००० – १०,००० |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्सन् १९४६ को बिहार दङ्गा उत्तर भारत भरि भएको साम्प्रदायिक हिंसाका घटनाहरूको श्रृङ्खलाको एक हिस्सा थियो। त्यस्ता दङ्गाको आवृत्ति सन् १९३० को दशक देखि सन् १९४० को दशक उत्पात रूपमा वृद्ध भएको थियो।[२] सन् १९४५ मा मात्र उत्तर प्रदेशमा १,८०९ स्थानमा दङ्गा भएको थियो भने सन् १९४६ मा देशभरि ३,१७६ दङ्गाहरू भएका थिए। १६ अगष्ट १९४६ मा कलकत्तामा अखिल भारतीय मुस्लिम लिगले मुस्लिमहरूको लागि छुट्टै राज्यको मागको गर्दै कलकत्ता दङ्गाको घोषण गरेको थियो। सहरभरि ठूलो दङ्गा फैलियो जसमा ४,००० मानिसहरू मारिएका थिए।[२] यस दङ्गाले बिहारलगायत देशभरि साम्प्रदायिक हिंसा निम्त्यायो। १० देखि १२ अक्टोबर सम्म सञ्चालनमा रहेको नोयाखाली दङ्गाले पनि बिहारमा हिंसा जग्न पुगेको थियो।
जुनको दङ्गा
सम्पादन गर्नुहोस्जुनमा भएको दङ्गाको कारक तत्व हिन्दूहरूले महिलालाई मुसलमानहरूले अपहरण गरेका थिए भन्ने झूटो आरोपको बारेमा विवाद भएको थियो।[३] आन्धना गाउँमा, हिन्दुहरूको एक समूहले उक्त महिलाहरूलाई रिहा गर्न माग गरेका थिए तर मुसलमानहरूले हिन्दु माथि गोली चलाउँदा दुई जना हिन्दु मानिसको मृत्यु भएको थियो जसको फलस्वरूप हिन्दुहरूले पनि चार मुस्लिम मानिसको हत्या गरेका थिए।[३]
सेप्टेम्बरको दङ्गा
सम्पादन गर्नुहोस्सेप्टेम्बर १९४६ मा थप दङ्ग फैलिएको थियो जुन कल्याणी देवी भनेर चिनिने नूरजहाँको अपहरणको आरोपमा पुनः विवाद उत्पन्न भएको थियोे।[३] आर्य समाजका सदस्यहरूको नेतृत्वमा ३०,००० हिन्दुहरूको एउटा समूहले कलकत्ता दङ्गाको बेला कलकत्ताबाट उनलाई अपहरण गरिएको थियो भन्ने विश्वासमा आर्य समाजले नूरजहाँलाई बचाउने प्रयास गरेका थिए। यस उद्धार प्रयासको असफलताले दङ्गाको स्वरूप लियो जसमा १४४ मुस्लिम परिवारको २०० भन्दा बढी घरहरू जलाइयो भने त्यस दङ्गामा १४ जना मानिसको मृत्यु भएको थियो।[३]
अक्टोबर–नोभेम्बर दङ्गा
सम्पादन गर्नुहोस्यस वर्षको सबैभन्दा ठूलो दङ्गा २७ अक्टुबरदेखि ६ नोभेम्बर १९४६ मा भएको थियो भने त्यस अवधिमा नोयाखाली दङ्गाको त्यो महिनाको शुरुमा भएको बदलाको लागि हिन्दूहरूले ठूलो सङ्ख्यामा मुस्लिमहरूको हत्या गरेका थिए।[४] हताहतको सङ्ख्याको अनुमानमा व्यापक भिन्नता आएको थियो। बेलायती संसदलाई दिएको विज्ञप्तिमा मृत्यु हुनेहरूको संख्या ५,००० रहेको जानकारी गराइएको थियो। राजनेताहरूले हताहतको सङ्ख्या ७,५०० देखि १०,००० को बीचमा रहेको अनुमान गरे तर भारतीय राष्ट्रिय काङ्ग्रेसले हताहतको सङ्ख्या २,००० मात्र रहेको अनुमान लगाएको थियो।[५] मुस्लिम लिगका मोहम्मद अली जिन्नाले भने कि मृत्यु हुनेको सङ्ख्या ३०,००० रहेको छ।[६] नोभेम्बरको एक अनौपचारिक प्रतिवेदनले भन्यो कि मुङ्हिर जिल्लाको एउटा गाउँमा आगोले घेरिएको एक घटनामा ५०० जना मारिए र सेनाले भीडमा आक्रमण गरेका कारण १०० व्यक्तिको मृत्यु भएको थियो।[७] अर्को अनुमानले भने कि ३५,००० मानिसहरू लडाईबाट भागेका थिए। [७]
दङ्गा यति गम्भीर थियो कि अन्तरिम सरकारका तत्कालीन प्रमुख जवाहरलाल नेहरूले दङ्गालीहरूलाई हावनई मार्फत आक्रमण गर्ने धम्की दिएका थिए। पटनाको प्रान्तको राजधानीबाट एक विज्ञप्तिमा भनियो कि दङ्गालीहरू विरुद्ध सैन्य बल खटाइएको थियो र जसले उनीहरूलाई ठूलो हानी पुर्यायो। केही इतिहासकारहरू भनेका छन कि प्रान्तका हिन्दू प्रधानमन्त्रीले दङ्गामा काङ्ग्रेस पार्टीको जटिलतालाई बेवास्ता गर्दै बेलायती सेनालाई हिन्दू दङ्गामा गोली हान्न अनुमति दिएन। अरूले भने कि "अन्य क्षेत्रहरू जस्तो सरकार अन्ततः बिहारमा हुने हिंसा रोक्न सक्षम बन्यो"।
५ नोभेम्बरमा रङ्गा प्रभावित क्षेत्रमा महात्मा गान्धीले भ्रमण गरिसकेका थिए र भने कि बिहारमा हिंसा २४ घण्टा भित्र रोकिएन भने उनी आमरण अनसनको लागि बस्छन्।[८] उनको भनाइ काङ्ग्रेस नेता राजेन्द्र प्रसादले राष्ट्रिय रूपमा प्रसारण गरेका थिए। त्यस समयको आधिकारिक प्रतिवेदनले ४०० जना मानिस मारिएको कुरा बताएको थियो जबकि मुस्लिम लिगका नेताहरूले भने कि वास्तविक सङ्ख्या ५,००० देखि ८००० रहेको थियो। मुस्लिम लिगका नेता मोहम्मद युनुसले मुस्लिमहरूलाई बकरी-ईदको चाड मनाउन लगाए जुन ५ नोभेम्बरका दिन शोकको दिवसको रूपमा मनाइएको थियो।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Ghosh, Papiya (जनवरी १९९४), "The Virile and the Chaste in Community and Nation Making: Bihar 1920's to 1940's", Social Scientist 22 (1): ८६, जेएसटिओआर 3517853।
- ↑ २.० २.१ Kausar 2006.
- ↑ ३.० ३.१ ३.२ ३.३ Ghosh 1994.
- ↑ Khan 2007, पृष्ठ 68.
- ↑ Markovitz 2015.
- ↑ The Washington Post 1946.
- ↑ ७.० ७.१ Wilkinson 2006, पृष्ठ 5.
- ↑ The New York Times (a) 1946.