होलेसुङ पार्क खोटाङको हलेसी तुवाचुङ नगरपालिकादुर्छिमको कोटडाँडामा रहेको हलेसी होलेसुङ गढी आसपासमा निर्माणाधीन पार्क हो। हलेसी क्षेत्रका प्रथम कविला होलेसुङको सम्मान र सम्झनामा पार्क स्थापना गरिएको हो। यो पार्क मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तर्गत दुर्छिमको छापडाँडा भन्दा केही माथि रहेको छ। प्रथम कविला होलेसुङदेखि अन्तिम कविला भ्वाँरामसम्मले प्रयोग गरेका तरवारलगायतका ऐतिहासिक र लोपोन्मुख सामग्रीसमेत देखन सकिन्छ । होलेसुङ पार्क लाई आदिम ऐतिहासिक पुर्खाको साझा स्मृतिस्थलका रूपमा मानिन्छ।

होलेसुङ पार्क