हिमालय शमशेर जङ्गबहादुर राणा

(हिमालय शमशेर जबरा बाट पठाईएको)

हिमालय शमशेर जङ्गबहादुर राणा नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हुन् । यिनी अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैङ्क लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको बैङ्कमा गनिन्छ।

हिमालय शमशेर जङ्गबहादुर राणा
नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर
कार्यकाल
२०१३ बैशाख १४ – २०१७ माघ २५ [१]
शासकमहेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीलक्ष्मीनाथ गौतम
अर्थ मन्त्रालयको पहिलो सचिव
कार्यकाल
१३ मंसिर, २००८ – २०१३
हस्ताक्षर

प्रारम्भिक जीवनसम्पादन

हिमालय शमशेर राणा प्रधान मन्त्री श्री ३ देव शम्शेरको नाती थिए। सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएको थिए। उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिए।

पहिलो अर्थसचिवसम्पादन

अर्थसचिव हिमालय शमशेर जबराले अर्थमन्त्रीले आफू लगायत तीनजना एमए पास गरेका युवालाई केही दिन काम लगाई राम्रो कामको आधारमा आफूलाई सचिवमा छानेको बताउनुभएको थियो।[२] उनले वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सकृय भूमिका निर्वाह गरे ।

नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरसम्पादन

उनले त्यसपश्चात् नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैँक संस्थापन गर्ने अवसर पाए । यसबाहेक पनि केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गरे । तर, उनलाई नेपाल राष्ट्र बैँकका पूर्व गभर्नरकै रूपमा चिनियो । राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै यस संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न उनले नै लगाएको हुन् । छापको डिजाइन बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी हुन् । उनको ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरू सम्पन्न गर्न सफल भयो । उहिलेदेखि भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैँयालाई चलनचल्तीमा स्थापित गर्न सफल भए । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अङ्ग हो भन्ने तराईवासीहरूले अनुभव गर्न थाले ।

त्यसबेला नेपाल राष्ट्र बैङ्क स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।

नेपाल राष्ट्र बैङ्क स्थापना भएपछि बैङ्क अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोलियो । र, ब्रिटिसहरूले गोर्खालीहरूको पेन्सनका लागि जुट पाउन्ड साट्न राष्ट्र बैङ्कमा आउन थाले । विदेशी विनियममा पनि हामी आत्मनिर्भर भयौं । आफ्नो कमाइबाट नेपाल आफैले खर्च गर्न सक्ने भयो ।

राष्ट्र बैङ्क स्थापना भएको २०–२५ वर्षसम्म बैङ्कहरूको नियमन र अनुगमन गर्ने कामै भएन । नेपाली मुद्रा कसरी चलाउने भन्नेमै ५ वर्ष लाग्यो, त्यसपछि विदेशी विनियमको काम भयो । त्यसपछि नोट निस्काशनको प्रवन्ध गर्‍यौं । जुद्ध शमशेरको पालामा नेपाली नोट निस्कासन भयो, त्यसबेला कागजको मुद्रा निस्कासन गर्दा सुरक्षा राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैङ्क स्थापना भएपछि नोट निस्कासनको सुप्रबन्ध गरियो। त्यसको अर्थ नोट निस्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी राख्नुपर्ने ऐन नियम बनाए । नोट निस्कासन गरिसकेपछि नोट च्यात्यो, महिल्यो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि गरे ।

अपदस्थसम्पादन

जब महेन्द्र महाराजधिराजले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा उनी पनि परे ।[३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. https://nrb.org.np/aboutus/intro.php=NRB
  2. यसरी बस्यो निजामती सेवाको जग आश्विन ४, २०७४ उमेशप्रसाद मैनाली
  3. बहुदलमा विश्वास गरेकै कारण राजा महेन्द्रले आफैले राखेको गभर्नर मिल्काए, त्यो व्यक्ति मैँ थिएँ : हिमालय शमशेर https://purbakhola.com/archives/2566

बाह्य कडीहरूसम्पादन