हाबर प्रक्रिया (Haber process) वा हाबर-बोश प्रक्रिया (Haber–Bosch process) नाइट्रोजन यौगिकीकरण (Nitrogen fixation) को एक कृत्रिम प्रक्रिया हो। यसका साथसाथै, यो प्रक्रिया वर्तमान समयमा अमोनियाको औद्योगिक उत्पादनको मुख्य विधि हो। यस प्रक्रियाको नाम जर्मन रसायनशास्त्री फ्रिट्ज हेबर र कार्ल बोशको नाममा राखिएको हो, जसले २० औं शताब्दीको प्रारम्भमा यस प्रक्रियाको विकास गरेका थिए। यस प्रक्रियामा, वायुमण्डलीय नाइट्रोजन (N 2 ) हाइड्रोजन (H 2) सँग प्रतिक्रिया गरेर अमोनिया (NH 3) मा परिणत हुन्छ। यसले धातु उत्प्रेरक र उच्च तापमान र दबाब प्रयोग गर्दछ।

N 2 + 3 H 2 → 2 NH 3 (ΔH = −92.4 kJ mol −1 )

हाबर प्रक्रिया को विकास हुनु अघि, एक औद्योगिक स्तर मा अमोनिया को उत्पादन एक कठिन कार्य थियो। [१][२][३] तीन भाग हाइड्रोजन र एक भाग नाइट्रोजनलाई २००-९०० वायुमण्डलीय चाप, ५००'C तापक्रम, उत्प्रेरक फलाम र प्रमोटर मोलीब्डेनमको उपस्थितिमा एमोनिया ग्यास बनाउने औद्योगिक बिधिलाई हेबर प्रकृया भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Smil, Vaclav (२००४), Enriching the earth : Fritz Haber, Carl Bosch, and the transformation of world food production (1st MIT Press paperback संस्करण), Cambridge, Mass.: MIT, आइएसबिएन 9780262693134 
  2. Hager, Thomas (२००८), The alchemy of air : a Jewish genius, a doomed tycoon, and the scientific discovery that fed the world but fueled the rise of Hitler (1st संस्करण), New York: Harmony Books, आइएसबिएन 978-0-307-35178-4 
  3. Sittig, Marshall (१९७९), Fertilizer industry : processes, pollution control, and energy conservation, Park Ridge, N.J.: Noyes Data Corp., आइएसबिएन 0-8155-0734-8