नेपालको ग्रामिण भेग विशेषत: उदयपुरको भित्री मधेसको जोगीदह, मोतियाहि लागायतका ठाउमा यो खेल खेलिने गरिन्छ। यस खेलको कुनै नियम तरिका बिधिका संबन्धमा लिपिबद्द नभएपनी भुगोलको उपलब्धता अनुसार सानो ठूलो भएपनि लगभग ७ मिटर लम्बाई र २/३ मिटर चौडाईको आयताकारलाई बिचमा तेर्सो (आधा हुनेगरी) काटी खेलको एरिया निर्धारण गरिन्छ। दुई समुहामा बिभाजन गरी खेलिने यो खेल मा खेलाडिको संख्या कोठामा अटाउने सम्म जति पनि हुन्छ। समूह बिभाजन गर्दा संख्या भन्दा पनि सामर्थ्यलाई बढी ख्याल गरिन्छ। खेलमा एकजना हार्ने पक्षको चकुवा हुन्छ।