हात्तीपाइले रोग

हात्तीपाइले
हात्तीपाइले संक्रमित महिला
हात्तीपाइले संक्रमित महिला
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागinfectious diseases[*]
हत्तिपाइले रोग रेशा जस्ता किटाणु हरू Wuchereria bancrofti, Brugia malayi, र B. timori को सङ्क्रमण वाट यो रोग लाग्छ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी र्‍याल ग्रन्थी (लिम्फ नोड) मा हुन्छ । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ।

असरसम्पादन

यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी करिव छवर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । यी एकदेखि दुई वर्षसम्म जीवित रहन्छन् । राति लिम्फ नोडबाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्कृय भएर त्यहीँ जान्छन् ।

रोगको वर्गीकरणसम्पादन

लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तापनि हात्तीपाइले रोग भने नसर्ने रोग हो । यसले मानिसको तुरुन्तै मृत्यु भने हुँदैन । तापनि यस रोगले भेटेपछि उपचार भने नहुने भएकाले मानिसलाई जीवनभर भद्धा शरीर लिएर बाँच्नुपर्ने बनाउछ । मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देखापर्नुभन्दा पहिले नै उपचार हुनु नै उत्तम विकल्प भएकाले औषधि सेवन नै यसको मुख्य उपाय हो ।

लामखुट्टेले राति रोगीलाई टोक्दा रगतसँगै सूक्ष्म फाइलेरिया त्यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको र्‍याल ग्रन्थीमा जम्मा हुन्छ । विशेषज्ञहरूका अनुसार हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्छ । तर, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सिडिसी) को तथ्यपत्र अनुसार दुई वर्षसम्मका बालबालिकामा भने यो रोग प्रायः देखिँदैन । यस्तै, महिलाको दाँजोमा पुरुषलाई रोग हुने सम्भावना बढी हुन्छ । संक्रमणको ४ देखि १६ महिनापछि शरीरमा रोगको लक्षण देखिन्छ । तर, रोगको स्वरूप फरक-फरक हुन सक्छ । सिडिसीका अनुसार फाइलेरिया संक्रमित अनेक व्यक्ति जीवनभर पूर्ण् स्वस्थ हुन्छन्, तर तिनले अरूलाई सहजै यो रोग सार्न सक्छन् । विषेशग्य का अनुसार केही रोगीमा भने फाइलेरिया परजीवी लिम्फ नोडमै रहिरहन्छन्, रगतमा आउँदैनन् । अन्यमा भने रगतमा राति निस्किने गर्छन्, यसबाट लिम्फ ग्रन्थीमा गाँठो हुनुका साथै त्यो सुन्निन समेत सक्छ ।

हात्तीपाइले भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । इसापूर्व छैटौँ शताब्दीका आयुर्वेदका ज्ञाता सुश्रुतको पुस्तकमा समेत यो रोगबारे उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन -डब्लूएचओ) का अनुसार ८१ राष्ट्रका १ अर्ब ३० करोड व्यक्ति हात्तीपाइले रोगको जोखिममा छन् । हाल १२ करोड व्यक्ति यो रोगबाट संक्रमित छन् । तीमध्ये करिब ४ करोड व्यक्ति रोगले गर्दा अपाङ र अशक्त छन् ।

== बच्ने उपाय == 1) लाम्खुट्टेको टोकाइबाट बच्न निम्न लिखित उपायहरु अवलम्बन गर्ने,

   a) DDT स्प्रे गरेर लाम्खुट्टेको फूल तथा लार्भा लाई नष्ट गर्ने,
   b) घर वरपर भएका पानी जम्ने खाल्डाखुल्डी लाई पुरिदिने,
   c) झुल को प्रयोग गर्ने,
   d)अनय रासायनिक औषधी प्रयोग गरेर नियन्त्रण गर्ने,
   e) घर निकालाको राम्रो व्यवस्था गर्ने,
   f) राती घर बाट बाहिर निस्किँदा पुरा वाहुला भएको कपडा लगाएर मात्र जाने,
   g)घरको ढोका एवम् झ्यालहरुमा लाम्खुट्टे छिर्न नदिनको लागि जालीको प्रयोग गर्ने,

२) रोगको समयमै निदान गरी उपचार गर्ने तथा गराउने,. 3) शंकास्पद व्यक्तिहरूलाई रगत परीक्षणको लागि तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लैजाने, 4) हात्तीपाइले रोग विरूद्धको औषधीहरू खुवाएर यस्को संक्रमणबाट बच्न तथा बचाउन सकिन्छ, 5) स्वास्थ्य शिक्षाको माध्यमद्वारा यस रोगबारे व्यापक प्रचारप्रसार गरी नियन्त्रण गर्न सघाउनु पर्दछ, 6) नेपाल सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागद्वारा आयोजित वा सञ्चालित हात्तीपाइले विरुद्धको कार्यक्रममा सबै जनताहरूको सामुहिक सहभागिता जुटाउनुपर्दछ ।

रोगको लक्षणसम्पादन

फाइलेरियामा तीव्र वा कामज्वरो आउन सक्छ । यसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ । ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ग्रन्थी ज्वरोको आक्रमणसँगै बढ्दै जान्छ । अण्डकोष सुन्निने -हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन् । रोगीहरूको पिसाब दूधजस्तै हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यस्तो हुने गरेको हो । ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ । डब्लूएचओका अनुसार यस्तो स्थितिमा भने फोक्सो पनि सुन्निन्छ । अनि खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छ ।

  • दम बढ्नु,
  • नशाहरू सुन्निनु,
  • शरीरमा कम्पन हुनु,
  • रगतमा इयोसिनोफिलिया देखिनु,
  • हातगोडामा नीला धर्साहरू देखिनु,
  • लामो समयसम्म सुख्खा खोकी लाग्नु
  • महिलाको यौन अङ्ग तथा स्तन सुन्निनु वा दुख्नु,
  • पुरूषहरूमा अण्डकोष वरावरका नसाहरू फुल्नु र अण्डकोष वरिपरि पानी जम्नु,
  • महिला वर्गमा स्तन दुख्नु र सुन्निनु 

सावधानीसम्पादन

उपचारसम्पादन

  • जोसुकैलाई हुनसक्ने हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने । यस क्रियाअन्तर्गत जुकानाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइथाइल कार्बामाजाइन चक्की एकदेखि तीन वटासम्म वर्षमा एकपटक खानुपर्छ ।
  • चक्कीले हात्तीपाइलेको उपचारसँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ ।
  • यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खानसकिन्छ । डब्लूएचओका अनुसार हात्तीपाइलेको औषधि ८३ राष्ट्रका करोडौं मानिसले सेवन गरे पनि हालसम्म कुनै साइड इफेक्ट देखिएको छैन ।

फोटोहरूसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन