स्टान्डर्ड चार्टर्ड बैंक नेपाल

नेपालमा भएको एक बैंक

स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड (अङ्ग्रेजी: Standard Chartered Bank Nepal Limited) बैङ्किङ र वित्तीय सेवा कम्पनी हो र स्टाण्डर्ड चार्टर्ड पीएलसीको सहायक कम्पनी हो।यो सन् १९९७ जनवरी १,मा स्थापित भएको थियो। [१]

स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपNEPSE: SCB
उद्योगबैङ्किङ
स्थापित१ जनवरी १९९७
केन्द्रीय कार्यालयनयाँ बानेश्वर, काठमाडौँ
सेवा क्षेत्र
नेपाल
उत्पादनहरूबैङ्किङ
कर्मचारी सङ्ख्या
४५०+
वेबसाइटwww.sc.com/np

स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडमा स्टाण्डर्ड चार्टर्ड ग्रूपको ७०.२१ प्रतिशत शेयर रहेको छ भने बाँकी २९.७९ प्रतिशत शेयर नेपाली जनताको रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहेको छ।नेपालभरि यसका १२ वटा शाखाहरू तथा ३ वटा एक्सटेन्सन काउन्टर संञ्चालनमा रहेका छन् जसमा कुल ४५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

सञ्चालक समिती सम्पादन गर्नुहोस्

‌स्टान्डर्ड चार्टर्ड बैंक नेपालको सञ्चालक समितिका सदस्यहरू देहाय बमोजिम रहेका छन्।

  • अध्यक्ष - जितेन्द्र अरोरा
  • सञ्चालक - करेन डे अल्विस
  • सञ्चालक - कृष्ण कुमार प्रधान
  • सञ्चालक - भरत कुँवर
  • सञ्चालक - अनिर्वन घोश दस्तिदर

पुरस्कार र मान्यता[२] सम्पादन गर्नुहोस्

२०१९

  • एसिया प्रशान्तमा नेपालको लागि २०१९ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार
  • ICRA नेपालले [ICRANP-IR] AAA को जारीकर्ता रेटिंग निर्धारण
  • वर्षको अन्तर्राष्ट्रिय क्यास व्यवस्थापन बैङ्क
  • वर्षको अन्तर्राष्ट्रिय रिटेल बैङ्क
  • नेपालमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय बैङ्क

२०१८

  • एसिया प्रशान्तमा नेपालको लागि २०१८ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार

२०१७

  • एसियाको सर्वश्रेष्ठ कर्मचारी नियुक्ति ब्रान्ड पुरस्कार २०१७
  • सर्वश्रेष्ठ डिजिटल बैङ्क पुरस्कार

२०१६

  • उत्कृष्टताको लागि यूरोमनी पुरस्कार २०१६

२०१५

  • बैङ्क अफ इयर २०१५ नेपाल
  • एसिया प्रशान्तमा नेपालको लागि २०१५ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार
  • उत्कृष्टताको लागि यूरोमनी पुरस्कार २०१५
  • विश्वको सर्वश्रेष्ठ बजार उदाउदो बैङ्क २०१५

शाखहरु सम्पादन गर्नुहोस्

काठमाडौ उपत्यका भित्र

  • नयाँ बानेश्वर शाखा
  • लाजिम्पाट शाखा
  • नयाँ सडक शाखा
  • बौद्ध(भाटभटेनी) शाखा
  • ललितपुर शाखा

काठमाडौ उपत्यका बाहिर

  • धरान शाखा
  • विराटनगर शाखा
  • वीरगन्ज शाखा
  • नारायणगढ (भाटभटेनी) शाखा
  • पोखरा शाखा
  • बुटवल शाखा
  • नेपालगञ्ज शाखा

सन्दर्भ सामग्रीहरु सम्पादन गर्नुहोस्

  1. "About us", Standard Chartered Bank Nepal, अन्तिम पहुँच २४ मे २०१३ 
  2. "awards-achievements.", Standard Chartered Bank Nepal। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्