सोफिया (यन्त्र मानव)

यन्त्र मानव

सोफिया एक मानव निर्मित यन्त्र मानव हो । यो यन्त्र मानव हंगकंगमा हानसन रोबटिक्सले निर्माण २०१६ मा निर्माण गरेको हो ।[१] २०१७ अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।[२] नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।"

सोफिया (यन्त्र मानव)गुड विश्व समेलनमा बोल्दै, अन्तर्राष्ट्रिय दूरसंचार सङ्घ, जेनेभा जून २०१७

इतिहास सम्पादन गर्नुहोस्

सोफिया हानसन रोबोटिक्सद्वारा एआई विकासकर्ता सहयोगले बनाईएको थियो र गूगल मातृभाषा वर्णमाला कम्पनी जसले उनको आवाज पहिचान गर्ने प्रणालीको काम गर्छ र सिन्गुलारिटि नेट जसले उनको दिमागलाई बलियो बनाइ दिएको छ ।[३] मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । [४]

नेपालमा सोफिया सम्पादन गर्नुहोस्

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा भाग लिन २०७४ चैत्र ६ गते मंगलवार उनी कार्यक्रममा सहभागी हुन काठमाडौँ आएकी थिइन् । [४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्