सोनाम ल्होसार

नेपालका तामाङ जातिहरुको नयाँ वर्ष पर्व

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

सोनाम ल्होछार
आधिकारिक नामसोनाम ल्होछार
अनुयायीतामाङ जाति
महत्त्वनयाँ वर्ष आरम्भ
परिपालनआफन्त भेटघाट, झाकि, सांस्कृतिक कार्यक्रम
मितिमाघशुक्ल प्रतिपदा

सोनाम ल्होसार मनाउने समुदायहरू सम्पादन गर्नुहोस्

  • शेर्पा
  • वालुङ
  • ह्योल्मो
  • जिरेल
  • तामाङ
  • मनाङ्गे
  • मुस्ताङ्गे
  • ल्होमी
  • न्हुब्रीबा
  • ताङ्बे
  • नेस्याङ
  • डोल्पो
  • तोप्ग्ये
  • डोक्पेया
  • कार्मारोङ
  • मुगुम्बा
  • भोटे
  • चुम्बा
  • नार्फुबा
  • निम्बा
  • ल्होवा
  • बाह्रगाउले
  • क्यिरोङ
  • गुरुङ
  • थुदुम्बा

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्