सेतो कपडामा युवती (गहुँखेतको अगाडि उभिएकी युवतीमकैबारीमा महिलाको नामले पनि परिचित) नेदरल्यान्डेेेली उत्तर प्रभावोत्पादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेलचित्र हो जसलाई उनलेे सन् १८९० मा फ्रान्सको उभेर-सुर-वाजमा आफ्नो जीवनको अन्तिम महिनाहरूमा चित्रण गरेका थिए। सेतो कपडामा युवती सन् १९६३ देखि वासिङ्टन डिसीस्थित नेसनल ग्यालरी अफ आर्टमा चेस्टर डेल सङ्कलनको एक हिस्सा हो।[१]

सेतो कपडामा युवती
कलाकारभिन्सेन्त फन गोख
वर्षसन् १८९०
माध्यमतेलचित्र
आयामहरू६६.७ cm × ४५.८ cm (२६.३ इन्च × १८.० इन्च)
स्थाननेसनल ग्यालरी अफ आर्ट, वासिङ्टन डिसी

चित्रकला सम्पादन गर्नुहोस्

 
गहुँ खेतमा बसेर पराल रङ्गको टोपी लगाएकी युवती', सन् १८९० जुन

फन गोखले उभेरमा रहँदा बनाएको चित्रहरूमा एउटै स्त्रीको दुईवटा चित्र बनाएका थिए। उनले उक्त स्त्रीलाई "आकाश-नीलो रङ्गको रिबनको गाँठो भएको ठूलो पहेँलो टोपी लगाएकी किसान" भनेर वर्णन गरेेेेेेेका छन्। ती स्त्रीको दुईवटा चित्रहरू मध्येका एक गहुँ खेत अगाडि बसिरहेकी नीलो रङ्गको परिहन लगाएकी युवती हुन्।[१]

घुँडादेखि माथिसम्म देखाइएको यस ठाडो चित्रकलामा छत्री जस्तो देखिने पहेँलो टोपी र लामो सेतो पहिरन लगाएकी गहुँगोरो वर्णकी एक स्त्री वसन्त ऋतुको समयमा हरियो खेतमा उभिएकी छिन्। पहेँलो, रातो र सोतो रङ्गका डबहरू चित्रकलाको लगभग सबैतिर देखिन्छन्। त्यस स्त्री शरीरलाई देब्रे पट्टि फर्काएका कोरिएको छ भने उनको चम्किलो हरियो आँखाले त्यस दिशामा हेरिरहेकी छिन्। उक्त स्त्रीको नाक, आँखीभौँ र साँघुरो चिउँडो मध्यम खैरो रङ्गद्वारा बनाइएको छ भने गुलाबी ओठ बन्द अवस्थामा छ। उनको कालो केश टाउकोको पछाडि पट्टीसम्म र टोपीको अगाडिको भाग आकाश-नीलो रङ्गको रिबनाद्वारा वा सजाइएको छ। उनको घाँटीसम्म पुग्ने अग्लो कल्लर भएको शरीरमा टपक्क टाँसिएको सेतो रङ्गको लाम बाउले पहिरन लगाएकी छिन्। त्यस सेतो पहिरनलाई बाक्लो फिक्का गुलाबी डबहरूद्वारा सजाइएको छ भने उनको पृष्ठभूमिमा हरियो रङ्गको खेत रहेको छ। [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Girl in White, 1890", The Collection, National Gallery of Art, २०११, मूलबाट २०१६-०८-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-३० मिति
  2. Harrison, Charles (२००५), Painting the Difference: Sex and Spectator in Modern Art, Chicago: The University of Chicago Press, पृ: १४, आइएसबिएन 0-226-31797-8 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्