सेकुवा
सेकुवा नेपाली परम्परागत शैलीमा आगोमा मासुलाई पोलेर बनाइने एक प्रकारको खाद्य सामग्री हो। सेकुवा सुँगुरको मासु, भेडाको मासु, बाख्रा वा कुखुराको मासु प्रयोग गरेर बनाइन्छ। सेकुवा नेपालमा विशेष गरी धरान र काठमाडौंमा धेरै लोकप्रिय छ।[१] मासुलाई पहिला विभिन्न मसला हालेर राखिन्छ र केही समय पछि फलामको झिरमा राखेर खुल्ला आगोमा पकाइन्छ।
प्रकार | कबाब |
---|---|
परिकार | खाजा |
उत्पत्ति स्थान | नेपाल |
मुख्य सामग्रीहरू | मासु (भैंसी, कुखुरा, सुँगुर, भेडा, बाख्रा) |
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "स्वादिलो पोर्क सेकुवा कहाँ खाने ? यी हुन् काठमाडौंका चर्चित ७ रेस्टुरेन्ट", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-१२-०४।