सूचना विभाग नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतको एक विभाग हो जसले नेपाल अधिराज्यबाट प्रकाशित हुने पत्रपत्रिकाको विविध पक्षको विवरणहरूको अभिलेख राख्ने गर्दछ। हाल प्रेससँग सम्बन्धित सरकारी संस्थाहरूलाई एकै ठाउँमा राख्ने नेपाल सरकारको अवधारणाबमोजिम यस विभागसंगै प्रेस काउन्सिल नेपालनेपाल पत्रकार महासङ्घका कार्यालयहरू काठमाडौंको तिलगंगास्थित सञ्चारग्राममा रहेका छन्।

सूचना विभाग
निकाय विवरण
वेबसाइटwww.doinepal.gov.np

इतिहास सम्पादन गर्नुहोस्

नेपाल सरकारका सूचनाहरू जनता समक्ष पुर्‍याउने कार्यमा समन्वयकारी भुमिका निर्वाह गर्नका लागि सूचना विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री श्री ३ मोहन शम्सेर ज.व.रा.को पालामा "प्रचार विभाग"को नामले भएको हो।

उद्देश्य सम्पादन गर्नुहोस्

नेपाल अधिराज्यको संविधान २०४७ ले दिएको छापाखाना र प्रकाशनसम्बन्धी मौलिक हक को उपभोगमा सहयोग पूर्‍याउन एवं सूचनाको हकलाई उपभोग गर्नसक्ने वातावरण सृजना गर्न क्रियाशील रहनू यस विभागको मुल उद्देश्य रहेको छ। यसका अतिरिक्त अन्य उद्देश्यहरू यस प्रकार छन्।

  • नेपाल सरकारका कामकारवाही बारे सर्वसाधारण जनतामा अतिरिक्त स्वदेश तथा विदेशमा सूचना प्रवाह गर्ने,
  • स्वस्थ, मर्यादित, व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकासका लागि उत्प्रेरित गर्ने।

कार्यहरू सम्पादन गर्नुहोस्

  1. सूचना सामग्रीको अभिलेख,
  2. सूचना प्रवाहको व्यवस्था,
  3. प्रेस तथा सूचना समन्वय,
  4. फोटोग्राफी
  5. प्रकाशन तथा वितरण

सम्बन्धित लेखहरू सम्पादन गर्नुहोस्

ढाँचा:नेपालको मन्त्रालय तथा विभागहरु