सुर्यविनायक मन्दिर भक्तपुरनगर भन्दा २ किलोमिटर दक्षिणमा अवस्थित गणेश मन्दिर हो । काठमाण्डौ उपत्यकामा रहेका प्रमुख विनायक मध्य एक यो पनि हो । यो मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । यस मन्दिरमा बिरामी परेका तथा बोल्न र सुन्न नसक्ने बच्चाहरूलाई दर्शन गराएमा निको हुने विश्वास गरिन्छ ।

सुर्यविनायक मन्दिर
सुर्यविनायक मन्दिर
सुर्यविनायक मन्दिर
सुर्यविनायक मन्दिर