सुन्दर श्रेष्ठ नेपाली नोटहरूका बनावटकर्ता हुन्। हाल प्रचलनमा रहेको रू.५, १०, २०, ५०, १००, ५००, र १००० का नोटहरू सहित १ र २ रूपैयाँको सिक्का समेत उनले बनावट गरेका थिए[१] । साथै केही समय अगाडि प्रचलनमा रहेको रूपैयाँ २५ र २५० का नोटहरू पनि उनले नै बनावट गरेका थिए ।

सुन्दर श्रेष्ठ
सुन्दर
राष्ट्रियतानेपाल नेपाली
पेशाचित्रकारिता
चिनारीको कारणनेपाली नोटहरूको बनावट
उल्लेखनीय कार्य
रूपैयाँ २५ र २५० का नोटहरूको बनावट

विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र ‘ टेलिग्राफ’ले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज को सूचीमा नेपालका ती वटा नोट र एक सिक्का संसारकै सुन्दर आकृत भएको नोटको सूचीमा परेका छन् जुन सुन्दर श्रेष्ठले नै बनावट गरेका थिए[२]

बाल्यकाल सम्पादन गर्नुहोस्

सुन्दर श्रेष्ठको जन्म वि.सं. २०१७ कार्तिक १ गतेका दिन भएको थियो। उनको पिताको नाम स्व. पुण्यलाल श्रेष्ठ हो भने माताको नाम गङ्गादेवी श्रेष्ठ। उनको जन्म पाल्पा जिल्लाको सदरमुकाम तानसेनको वसन्तपुर टोलमा भएको थियो। सानै उमेर देखिनै चित्र कोर्न मन पराउने सुन्दर विद्यालय पढ्दादेखिनै चित्र कोर्ने गर्दथे[३]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "यी हुन् नेपाली नोटका डिजाइनकर्ता (भिडियोसहित)", स्पेस खबर डटका, अन्तिम पहुँच १२ साउन २०७६ 
  2. "‘सुन्दर’ नोटका डिजाइनर सुन्दर", बाह्रखरी डटका, अन्तिम पहुँच २०७५ जेठ ३० बुधबार  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३१ मिति
  3. "सुन्दर कलाकार : सुन्दर श्रेष्ठ", न्यूज अफ नेपाल, अन्तिम पहुँच १५ साउन २०७५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्