सुगत रत्न कंसाकार नेपालका एक इन्जिनियर हुन्। उनले नेपाल टेलिकम तथा नेपाल वायुसेवा निगम लगायतका संस्थाहरूको प्रमुखको रूपमा काम गरिसकेका छन्। २०३१ सालमा नेपाल टेलिकम इन्जिनियरको हैसियतमा सेवा प्रवेश गरेका कंसाकार त्यहाँको सबैभन्दा माथिल्लो र निर्णायक ओहोदा प्रवन्ध निर्देशक भएर अवकाश लिए।।

सुगत रत्न कंसाकार (दायाँ), नेपाल टेलिकमको वार्षिकोत्सव समारोहमा

नेपालमा मोबाइल टेलिफोनलाई लोकप्रिय बनाउन उनको योगदान महत्त्वपूर्ण मानिन्छ।[१]

कंसाकार पछिल्लो समयमा नेपाल वायुसेवा निगमको नेतृत्व सम्हाल्न पुगेका थिए। उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा लागि जेल सम्म परेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्