सुकुल पराल तथा मकैको खोस्टा आदिबाट बनाइने बस्नको लागि प्रयोग हुने घरेलु सामग्री हो।

परालबाट बनेका सुकुलहरू

नामाकरण सम्पादन गर्नुहोस्

सु + कुल = सुकुल, नेपाल भाषामा “ सु “ भनेको नेपाल भाषामा पराल हो र “ कुल “ भन्नाले खलक या कुटुम्ब भने बुझिन्छ | नेपालमा सबै भन्दा धरै चाडपर्ब मनाउनेहरूमा नेवारहरू नै हुन् , हरेक महिनामा एक, दुइ वटा चाडपर्बहरू प्रचीन समयदेखि नै मनाउदै अईरहेकाछौ | यसरी हामीले प्रचीनसमय देखि मनाउदै आइरहेको कुनै चाडपर्ब , भोज भतेर या अन्य कार्यहरूमा आफ्ना कुलका सबैजना मिलेर संगै बसेर मनाउने गर्छन जुन आज सम्म पनि यथावत नै छ | यसरि हरेक चाडबाड,जात्रापर्ब अनि भोज भातेरहरूमा कुलका (कुटुम्बका) सदस्यहरूलाई बसाउनका निम्ति (“ सु “) परालबाट बनेको सुकुलको प्रयोग गरको देखिन्छ | प्राचिन समयमा हरेक चाडबाड, जात्रापर्ब अनि भोज भतेर हुदा कुलका सदस्यहरू आउना साथ नेपाल भाषामा का: का: कुले च्वपी थकली त व:ल सुइ फेतकी: सुइ (कुटुम्ब खलकहरू या पाहुनाहरू आइपुग्नु भयो परालमा बस्न दिनुस ) भनेर बसाउने चलन छ , कुले च्वपीन्त सुइ :फेतकी:सुइ भन्ने शब्द पछि नेपाल भाषाबाट सुकु अनि जसरी नेपाल भाषामा झ्या : पछि नेपालीमा झ्याल हुन् गए जस्तै नेपाली भाषाबाट बोलीचालिमा सुकुल (परालमा कुटुम्ब बसाउने ) हुन् गएको हो |

इतिहास सम्पादन गर्नुहोस्

सुकुलको इतिहासलाई केलाउने हो भने अहिले सम्म आधिकारिक प्रमाण फेला परेको देख्दैन | मानब सभ्यताको विकाससँग संगै मान्छेमा सीप र ज्ञानको विकास भएको हो भने कुरालाई अनुसन्धान कर्ताहरूले पुस्टि गरिसकेका छन | मेरो विचारमा विकासको उपज यहि सुकुललाई पनि मान सकिन्छ | सुकुलको सुरुवात कान्तिपुर र पाटनबाट भएको मान्न सकिन्छ ,कान्तिपुर र पाटनमा पहिला देखि नै धेरै धान फाल्ने ठाउँ हो जसले गर्दा यहाँ ( सु ) पराल सजिलै संगै पाउने भएर त्यही (सु) पराललाई हाम्रा पुर्बजहरूले दिगो रूपमा उचित ढंगबाट परिचालन गरी आफुसँग भएको सीप र ज्ञानको प्रयोग गरी शब्द सुकुलको पूर्ण स्वरूप दिन हाम्रा पुर्बजहरू सफल हुनुभएको जस्तो लाग्छ | सदियौंदेखि नै कान्तिपुर व्यापारको केन्द्र भएकोले कान्तिपुरका वासिन्दाले यस कामलाई निरन्तरता नदिएको र पाटन वासीले मात्र निरन्तरता दिएको देखिन्छ भने विकासको क्रमसँग संगै पाटनवासीले पनि यस कामलाई निरन्तरता नदिई ब्यापार र ब्यबसाय तिर लागेको देखिन्छ र यस सुकुल बुन्ने काम छोडेको पाइन्छ | अन्त: त सिद्धिपुर थासिका वासिन्दाहरूले यस पुर्खाको कार्यलाई हाल सम्म निरन्तरता दिइरहेका छन् |

प्रयोग सम्पादन गर्नुहोस्

पहिला पहिला जीबन यापन गर्नको लागि दैनिक उपभोग्य बस्तुहरू किनबेच गर्नको लागि सुकुलसँग साटासाट गरी पुरा गरेको देखिन्छ | समयको क्रम संगै बिस्तारै सुकुलको व्यापारीकरन भएको देखिन्छ | वरपरका गाउँहरूमा बेचबिखन गर्न लाने र त्यही पैसाबाट उपभोग्य बस्तुहरू किन्नेर आफ्नो जीबनयापन नीरबाह गरेको देखिन्छ ,जुन हाल सम्म पनि सिद्धिपुरमा देख्न सकिन्छ | (“ सु “ ) अर्थात “ पराल ” र (“ सु “) परालबाट बनेका समाग्रिहरू सिद्धिपुर थसीमा मात्र नभई सम्पूर्ण नेवार बस्तीहरूमा यसको धेरै नै महत्त्व बोकेको पाइन्छ भन्दा दुई मत नहोला | सिद्धिपुर थसिमा नवजात शिशुको न्वारन गर्ने बेला देखि लिएर मृत्यु शैयामा समेत परालको प्रयोग गर्ने गरिन्छ | नवजात शिशुको न्वारन यहि पराल बालेर गरिन्छ , अनि सुत्केरी अवस्थामा परालमा बसाउने , सुताउने र परालबाट बनेका जुत्ता लगाउन दिइनाले रक्त चापमा सन्तुलन ल्याउँछ भने बैज्ञानिको भनाइ छ | यो बिभिन् आकार प्रकारमा अनि बुट्टा भरेर बनाउन सकिने अनि यसमा बस्नाले न्यानो हुने भएकोले यसको प्रयोग बढीमात्रामा भएको देखिन्छ | नेवाहरूको प्रत्येक घरका कोठा कोठाहरूमा , खाना खाने भान्छा कोठाहरूमा , अनि अन्न भण्डारण गर्न , भोजहरूमा , बिस्कुनहरू घाममा सुकाउन तथा अन्य काममा यहि “ सु “ परालबाट बनेको सुकुलकै प्रयोग गर्ने गरिन्छ | विभिन्न आकार प्रकारका सुकुल विभिन्न ठाउँमा प्रयोग गर्ने गरिन्छ जस्तै पा:सुकुचा ,चाक्ला सुकुचा अहिले डोर म्याट को रोप्मा प्रयोग गरिन्छ भने त:पा सुकु र कुरब्याचा सुकु घरको सबै कोठामा पाहुना र आफुहरू बस्न र बिस्कुनहरू धान ,गहुँ ,जौ .आदि इत्यादि सुकाउनका लागि प्रयोग गरिन्छ, ता:सुकु (भ्वे सुकु ) भोज को बेला सबै जना लाईन मै बसेर भोज खान र भखरी सुकु अन्न भण्डारण गर्न प्रयोग गरिन्छ र सु:त्वाक भान्छामा बस्न प्रयोग गरिन्छ | गलैचा लगाएत अन्य बिच्छायाउने सामग्रीहरूका कारण यस गाउँको सुकुलमा केहि मात्रामा ह्रास आएको भए पनि हाल बजारको माग लाई पूर्ति गर्नका लागि गलैचा जस्तै मुलाएम सुकुल, सोफा अनि वातावारण लाई दुषित हुन्बाट बचाउन ,गाबिस सफा राख्न विभिन्न किसिमका रङ्गी चंगी प्लास्तिकरू सङ्कलन गरी त्यही प्लासतिकबाट विभिन्न प्रकारका रङ्गी चंगी सुकुल तथा सजावटका समाग्रिहरूको उत्पादन गरी राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारको मागलाई पूर्ति गरिरहेका छन |

नन्द बहादुर महर्जनले लेख्नुभएको लेख शब्द सुकुल बाट संभार गरेको

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्