सिस्‍नुपानी नेपाल नेपाली साहित्य, कला संरक्षण र प्रवर्द्धन गर्न खोलिएको संस्था हो। सिस्‍नुपानी नेपालका अभियानकर्ताहरु तिहारमा नेपाली राजनीतिको घटनाक्रमलाई व्यंग्यात्मक तथा सन्देशमूलक रूपमा देउसी भैलोमा प्रस्तुत गर्छन् । देउसी भैलोमा व्यंग्यात्मक तथा सन्देशमूलक विषयवस्तु राख्नु सिस्‍नुपानी नेपालको विशेषता हो। यस बाहेक यस संस्थाले गाइजात्रा, कुशेऔशी लगायतका पर्वमा समेत कार्यक्रम गर्ने गरेको छ।यश संस्थाले मकवानपुर लगायत अन्य जिल्लामा पनि शाखा स्थापना गरेको छ ।

सिस्नुपानी नेपाल
गठन१९९५; २९ वर्ष अघि (१९९५)
प्रकारसामाजिक संस्था
प्रधान कार्यालयकाठमाडौँ
आधिकारिक भाषा
नेपाली
अध्यक्ष
लक्ष्मण गाम्नागे
प्रमुख व्यक्ति
मनोज गजुरेल

स्थापना सम्पादन गर्नुहोस्

टंक आचार्य, थरेन्द्र बराल, लक्ष्मण गाम्नागे, माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, चट्याङ मास्टर, देवी घिमिरे सहितका ९ जनाले २०५५ वैशाख १९ मा सिस्नुपानी नेपालको स्थापना गरेका थिए। वि. सं. २०५५ सालमा बासुदेव लुइँटेलको आँगनबाट सिस्‍नुपानी नेपालको देउसी कार्यक्रम सुरु गरेको थियो।[१] सिस्‍नुपानी नेपालका वर्तमान अध्यक्ष लक्ष्मण गाम्नागे हुन् ।

कलाकारहरू सम्पादन गर्नुहोस्

==प्रज्ञा-सिस्नुपानी देउसी== यस संस्थाले झैं गरि मकवानपुर शाखाले पनि २०७८ देखि निरन्तर सिस्नुपानी हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्