सिराजुल इसलाम चौधुरी
सिराजुल इसलाम चौधुरी (बङ्गाली: সিরাজুল ইসলাম চৌধুরী) (जन्म २३ जुन १९३६) एक बाङ्लादेशी साहित्यकार आलोचक, सार्वजनिक बौद्धिक, सामाजिक र राजनीतिक विश्लेषक, कार्यकर्ता, इतिहासकार, शिक्षाविद्, सम्पादक, अनुवादक, स्तम्भकार र ढाका विश्वविद्यालयका अवकाशप्राप्त प्रध्यापक हुन्। उनी नतुन दिगान्ताका सम्पादक हुन्। बङ्गलादेशका सबैभन्दा विपक्षी विद्वानहरू मध्ये एक मानिने उनले लगभग सय पुस्तकहरू र बाङ्ला र अङ्ग्रेजी भाषामा अनगिन्ती निबन्ध लेखेका छन्।[१]
सिराजुल इसलाम | |
---|---|
সিরাজুল ইসলাম চৌধুরী | |
जन्म | बाडैलखाली गाउँ श्रीनगर, मुन्सिगञ्ज जिल्ला, बेलायती भारत | २३ जुन १९३६
राष्ट्रियता | बाङ्लादेशी |
शिक्षा | विद्यावारिधि |
मातृ शिक्षाप्रतिष्ठान | ढाका विश्वविद्यालय लिड्स विश्वविद्यालय लेस्टर विश्वविद्यालय |
प्रारम्भिक जीवन तथा शिक्षा
सम्पादन गर्नुहोस्चौधुरीको जन्म मुन्सिगञ्ज जिल्लाको श्रीनगर थाना अन्तर्गत बरोइखली गाउँमा सन् १९३६ जुन २३ का दिन भएको थियो। उनी आफ्ना नौ जना भाइ र चार बहिनीहरू मध्ये जेठा सन्तान थिए भने उनको बाबुको नाम हाफिजउद्दीन चौधुरी र एसिया खातुन थियो। आफ्नो प्रारम्भिक जीवनमा उनी उपन्यासकारको रूपमा आफ्नो कार्यकाल निर्माण गर्न मनपराउँथे तर उनका बुबाले भने उनलाई अर्थशास्त्रको स्नातत पछि लोकसेवा सामेल गराउन चाहन्थे।[२] सन् १९५० मा सेण्ट ग्रेगरीको उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेपछि उनले सन् १९५२ मा नट्रे डेम कलेजबाट स्नातकोत्तर तहको पढाई गरे र ढाका विश्वविद्यालयमा अङ्ग्रेजी विभागमा भर्ना भएका थिए। चौधुरीले सन् १९५५ मा एमए डिग्री हासिल गरे र उनले मा र मुन्सिगञ्ज हारागङ्गा कलेज र ढाकाको जगन्नाथ कलेजमा शिक्षक पेशामा आवद्ध भएका थिए। उनले बेलायतको लिड्स विश्वविद्यालय र युके विश्वविद्यालयमा अङ्ग्रेजी अध्ययनमा स्नातकोत्तर डिप्लोमा गरे र लेष्टर विश्वविद्यालय बेलायतबाट अङ्ग्रेजीमा स्नातकोत्तर भन्दा माथिको डिग्री गरेका थिए।[३]
कार्यकाल
सम्पादन गर्नुहोस्चौधुरी सन् १९५६ मा ढाका विश्वविद्यालयको अङ्ग्रेजी विभागको प्राध्यापकको रूपमा कार्यरत भए र लेखक पनि हुने योजना बनाए। उनले लेखक बन्न किन दुई कारणहरू भनेका थिए: पहिलो, विश्वविद्यालयमा उनको काम जसले उनी एक ठाउँबाट अर्को स्थानान्तरण हुँदैन भन्ने कुराको सुनिश्चित गर्दछ र जसले उनलाई धेरै पढ्न र लेख्न समय दिन्छ र दोस्रोमा उनले आफ्नो स्वभावलाई कारण देखाएका थिए। त्यसपछिका चार दशक भन्दा बढीमा उनले विद्यार्थीहरूलाई शिक्षा दिए, निबन्धहरू लेखे र विभागको नेतृत्व गर्दै शिक्षण संस्थाको प्रमुख बनेका थिए। विभागमा शोध प्रबन्धको शुरूवात गरे, अध्ययन केन्द्र स्थापना गर्दै विश्वविद्यालयमा संलग्न र त्यसको साथसाथै राजनीतिमा पनि संलग्न भएका थिए।[४] चौधुरीले पहिलोपटक ढाका विश्वविद्यालयमा अङ्ग्रेजी भाषामा विद्यावारिधिको शुरूवात गर्ने प्रस्ताव गरेका थिए। चौधुरीले बङ्गाली र अङ्ग्रेजी भाषामा ढाका विश्वविद्यालय पत्रिकामा १५ वर्ष समाचार पत्रमा सम्पादन गरेका थिए। उनले विश्वविद्यालय पत्रिकाको स्थापना गरेका थिए।[५] चौधुरीले समय नामक साप्ताहिक दृष्टिकोणको स्थापना पनि गरे र यसलाई सन् १९९० को दशकको शुरूदेखि अजेफार हुसेन , जाहेदा अहमदसँग सहकार्य गर्दै सह सम्पादकको रूपमा स्थापित भएका थिए। उनले सन् १९८६ मा विश्वविद्यालय पुस्तकालयको र सन् १९८६ मा मानविकी केन्द्रको उन्नत अनुसन्धान केन्द्रको स्थापना गरेका थिए। उनले हाल समाज रुपान्तर अध्याय केन्द्र (सामाजिक परिवर्तन अध्ययन केन्द्र) नामक एक संस्थाको सञ्चालन गरिरहेका छन्।
राष्ट्रवाद
सम्पादन गर्नुहोस्बङ्गलादेशमा रणनीतिक र रक्षात्मक राष्ट्रवादका अग्रणी समर्थक चौधुरीले बङ्गलादेश स्वतन्त्रता युद्धको दृष्टिकोणबाट यस विषयमा गहन लेखेका थिए। उनको विचारमा राष्ट्रवाद सकारात्मक र नकारात्मक दुबै पक्ष भएको धेरै महत्त्वपूर्ण तत्व हो।सकारात्मक पक्ष हिसाबले देशभक्ति मार्फत एक राष्ट्रलाई एकजुट गर्दछ र देशभक्ति सामूहिक विकासको लागि अपरिहार्य छ।[६] यसले परायापनलाई कम गर्दछ र मानिसहरूलाई उनीहरूको देशवासीको बारेमा सचेत र संवेदनशील बनाउँदछ। राष्ट्रवादमा बाह्य र आन्तरिक दुश्मनहरू हुन्छन्। बाहिरी शत्रुहरूले आक्रमण गर्छन् र देश कब्जा गर्न कोशिस गर्छन्। पुँजीवादले साम्राज्यवादलाई जन्म दिएको छ जुन जनताको सबैभन्दा घातक दुश्मन हो। राष्ट्रवादको आन्तरिक दुश्मन राष्ट्रिय परिधिवाद, अन्धावाद र अहम्कार हो।राष्ट्रियताको सबैभन्दा ठूलो आन्तरिक दुश्मन वञ्चितता हो। देशभित थुप्रै जातजाति र वर्गहरू विभिन्न क्षेत्रमा वञ्चित छन्। यो अन्तर एकता सृजना गर्ने बाटोमा खडा छ।धनी मानिसहरू शासक बन्न खोज्छन् र गरीबहरूलाई शोषण गर्छन्। तिनीहरू वर्गभेदको यथार्थलाई रोक्न जनवादी राष्ट्रवादी उत्साहका साथ आन्दोलित हुन्छन्। वर्गको अभाव पूँजीवादको परिणाम हो।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्चौधुरीको नाज्मा जेस्मीन चौधुरीसँग विवाह भएको थियो जो ढाका विश्वविद्यालयको प्राध्यापक थिइन्। उनीहरूका सन्तानहरू रोवनाक आरा चौधुरी र शर्मिन चौधुरी हुन्।
प्रकाशित पुस्तकहरू
सम्पादन गर्नुहोस्प्रबन्ध-लेख
सम्पादन गर्नुहोस्- अन्वेषण (सन् १९६४)
- नजरुल इसलाम (सन् १९६५)
- द्वितीय भुवन (सन् १९७३)
- निराश्रय गृही (सन् १९७३)
- आरण्याक दृश्यवली (सन् १९७४)
- अनतिक्रान्त बृओ (सन् १९७४)
- प्रतिक्रियाशिलता, आधुनिक इङ्रेजि साहित्य (सन् १९७५)
- परत्तपन्द्र ओ सामन्तवाद (सन् १९७५)
- द इनिमी टेरिटोर (सन् १९७६)
- आमार पितार मुख (सन् १९७६)
- বঙ্কিমচন্দ্রের जमिदार ओ कृषक (सन् १९७६)
- कुमुर बन्धन (सन् १९११)
- उपरकाठामोर भेटरई (सन् १९११)
- बेकनेर मौमाछिरा (सन् १९७८)
- स्वाधीनता ओ संस्कृति (सन् १९७९)
- एकइ समतले (सन् १९८०)
- उनविश्व शताब्दी बाङ्ला गद्येर সামাজিক व्याकरण (सन् १९८०)
- स्वाधीनतार स्पृहा, सामेयर भय (सन् १९८१)
- बाङाली काके बलि (सन् १९८२)
- बाङ्लाीके के बाँचा बे (सन् १९८३)
- বৃত্তের भाङा-गडा (सन् १९८४)
- टालस्टाय अनेक प्रसङ्गेर कायेकाटी (सन् १९८५)
- नेतम, जनता ओ राजनिती (सन् १९८६)
- गणतन्त्रेर पक्ष-विपक्ष (सन् १९८६)
- शेष मीमाङ्सार आगे (सन् १९८८)
- उद्याने एबङ् उद्यानेर बाइरे (सन् १९८९)
- श्रेणी, ममय ओ साहित्य (सन् १९९०)
- স্বপ্নের आलो छाया (सन् १९९१)
- केड बले वृक्ष, केड बले नदी (सन् १९९०)
- দ্বিজাতিতত্ত্বের सत्य-मिथ्या (सन् १९९२)
- लेलिन केन जरुरी (सन् १९९२)
- आपनगन (सन् १९९४)
- अपरिचित नेता, परिचित দুর্বৃত্ত (১৯৯৪)
- बाङालीर जय-पराजय (सन् १९९४)
- लिङ्कनेर विषन्न मुख (सन् १९९४)
- एर पथ ओर प्राचीर (सन् १९९५)
- भय पेयो ना, बेँचे आछि (सन् १९९५)
- माझखानेर मानुषेर (सन् १९९५)
- दुई बाङालीर लाहोर जात्रा (सन् १९९६)
- पतङ्ग, भृत्य ओ दैत्य (सन् १९९६)
- राष्ट्रेर मालिकाना (सन् १९९७)
- उपनिवेशेर संस्कृति (सन् १९९८)
- शेक्सपियरेर मेयेरा (सन् १९९९)
- बाङालीर जातीयताबाद (सन् २०००)
- बाङालीर समय-असमय (सन् २०००)
- ध्रुपदी नायिकादेर कयेकजन (सन् २०००)
- पूँजिवादेर दुशासन (सन् २००१)
- आत्मप्रतिकृति नय (सन् २००२)
- "इङ्रेजी साहित्य न्याय-अन्याय (सन् २००२)
- भुतेर नय, भरिष्यातेर (सन् २००२)
- बन्ध करो ना पाअम (सन् २००४)
- प्रभुर जत इच्छा (सन् २००५)
- भरसार जयगाजमी (सन् २००५)
- विच्छिन्नतार सत्य-मिसत्य (सन् २००६)
- गणतन्त्रेर अमसृण पथ (सन् २००६)
- द्वन्द्वर मेरुकरण (सन् २००६)
- गणतन्त्रेर सन्धाने (सन् २००६)
- विरुप विश्व साहशी मानुष
- जातीयतावाद, साम्प्रदायिकता ओ जनगणेर मुक्ति
छोटो लेख
सम्पादन गर्नुहोस्- भालो मानुषेर जगत्त (১৯৯০)
- दरगाटा खोलो (১৯৮৯)
उपन्यास
सम्पादन गर्नुहोस्- शेष नेई (सन् २००४)
- कणार অনিশ্চিত जात्रा (सन् २००५)
- बाबुलर बेडा-ओठा (सन् १९९९)
अनुवाद
सम्पादन गर्नुहोस्- এ্যারিস্টটলের কাব্যতত্ত্ব (১৯৭২)
- इबसेनेर बुनो हाँस (১৯৬৫)
- हाउसम्यानेर কাব্যের स्वभार (১৯৬৫)
- होमारेर ओडेसी (১৯৯০)।
सम्पादन
सम्पादन गर्नुहोस्क्रमिक नङ | सम्पादनार विवरण | साल |
---|---|---|
(१) | आनोयार पाशा रचनावली (तीन खडु) | |
(२) | ढाका विश्वविद्यालय (दुई खडु) | |
(३) | त्रैमासिक नतुन दिगन्त | सन् २००३[७] |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Hussain, Azfar (जुन २३, २०१६), "Bangladesh's foremost oppositional intellectual", The Daily Star, The Daily Star, अन्तिम पहुँच २१ जुलाई २०१६।
- ↑ Hasan Hafiz (जनवरी २६, २०१७), "আমার মা - সিরাজুল ইসলাম চৌধুরী", Anannya Magazine (बङ्गालीमा), अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ५, २०१७ मिति
- ↑ Kaiser Haq (जुन २३, २०१६), "A public intellectual turns 80", New Age, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ "Serajul Islam Choudhury: Our leading public intellectual", New Age, जुन २३, २०१६, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ Syed Manzoorul Islam (जुन २३, २०१६), "Serajul Islam Choudhury: a tribute", New Age, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ "“The country is thriving on the exploitation of the poor.”", The Daily Star (अङ्ग्रेजीमा), २०१५-०६-२३, अन्तिम पहुँच २०१८-०८-१४।
- ↑ http://gunijan.org.bd/GjProfDetails_action.php?GjProfId=265