सिक्किम गोर्खा जागरण संघ

सिक्किम गोर्खा जागरण सङ्घ सिक्किमका गोर्खा समुदायको राज्य स्तरीय गैर सरकारी संस्था हो । सिक्किम गोर्खा जागरण संघको स्थापना सन २०१५ मा भएको हो। यसको मुख्य कार्यालय सिक्किम राज्यको दक्षिण जिल्ला नाम्चीमा र यसका शाखा कार्यालयहरू सिक्किमभरि छन्। यसका वर्तमान अध्यक्ष के० बी० राई हुन्।

सिक्किम गोर्खा जागरण सङ्घ
सङ्क्षिप्त नामSGJS
गठन२०१५ (2015)
प्रकारसामाजिक संस्था
प्रधान कार्यालयनाम्ची, सिक्किम
स्थान
  • भारत
सेवा क्षेत्र
सिक्किम
आधिकारिक भाषा
नेपाली
अध्यक्ष
के. बी. राई
सम्बद्धताIN-DL264923247905480

लक्ष्य एवं उद्देश्य सम्पादन गर्नुहोस्

सिक्किमेली गोर्खा समुदायलाई भारतका अन्य आधुनिक सभ्य समुदायहरूको बराबरीमा सभ्य सुसंस्कॄत र देशभक्त समाजको रूपमा स्थापित गराउनु यसको मुख्य लक्ष्यको साथै भारतीय संविधान प्रदत्त अधिकार र कर्त्तव्य प्रति जागरुक गराउनु हो। समुदायका प्रत्येक सदस्यको सामाजिक, सांस्कॄतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक विकासका निम्ति कार्य गर्नु यसको उद्देश्य हो।

मागहरू सम्पादन गर्नुहोस्

सिक्किम गोर्खा जागरण संघले सिक्किमेली भारतीय गोर्खा जातिका समस्याहरु प्रति चिन्तित रहेर राष्ट्रीय र राज्य स्तरमा समाधानका निम्ति निम्नलिखित मागहरूलाई अघि राखेकोछ।

  1. जनप्रतिनीधित्व संशोधन ऐन १९८० लाई पुनः संशोधन गरी सिक्किम विधानसभाको आसन जनसङ्ख्याको अनुपातमा आरक्षण गरी एक मान्छे एक भोट एक मूल्य बनाई सदा-सर्वदाको निम्ति प्यारिटी प्रथालाई समाप्त गर्ने।
  2. रेभिन्यू अर्डर नम्बर 1 कानुनलाई संशोधन गरी सिक्किम सब्जेक्टधारी गोर्खा र भोटे/लाप्चे बीच बराबर जमिन किन-बेच गर्न पाउने कानुन बनाउनु पर्ने।
  3. सन् १६४२ भन्दा अघिको सिक्किमे गोर्खाहरूको भौगोलिक इतिहासलाई स्कूल, कलेज र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी उचित ढंगमा गोर्खाहरूको चिन्हारी स्थापित गर्ने ।
  4. सन् २००१ मा सरकारी अधिसूचना जारी गरी गोर्खा भाषामा रहेका कंचनजंघा, भालेढुंगा, तातोपानी, पोखरीहरू जस्ता ऐतिहासिक धरोहरको नाम भोटे भाषामा सारिएको हुँदा उक्त स्थलहरूको नाम पुनः नेपाली/गोर्खा भाषामा यथावत राख्ने।

सदस्यता सम्पादन गर्नुहोस्

यस संस्थाको सदस्यता सिक्किमेली गोर्खा जातिका सबैले लिन सक्नेछन्।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्