साहित्य सिर्जना सहकारी समिति

साहित्य सिर्जना सहकारी समिति (Sahitya Sirjana Shakari Samiti), भारतको सिक्किम राज्यमा २००६-को नोवेम्बर ११-मा गठन भएको यो एक सहकारी साहित्यिक संस्था हो। साहित्यलाई सहकारी आन्दोलनसित जोड्नका लागि यसको स्थापना भएको हो। यसको स्थापनामा सिक्किमका युवा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण रहेको छ। विशेष गरी पारसमणि शम, प्रवीण राई जुमेली, अमर बानियाँ लोहोरो, टीपी भट्टाराई, कृष्णा कृति, टीबीचन्द्र सुब्बा, रुद्र पौड्याल आदिको विशेष भूमिका छ। यस सहकारी संस्थाको आफ्नो वेभ साइट वेभ वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-०३ मिति पनि छ, जो भारतीय नेपाली साहित्यको पहिलो अनलाईन साहित्यिक पत्रिका हो। यो पत्रिका दुइ भाषामा सञ्चालित छ। यस संस्थाका संस्थापक अध्यक्ष पारसमणि शम, महासचिव प्रवीण राई जुमेली रहेका छन्। यो संस्था अहिले प्रारम्भिक अवस्थामा छ। (पीएम)