साझा सवाल वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२१ मिति रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण भइरहेको बीबीसी मिडिया एक्सन ले उत्पादन गर्ने साप्ताहिक बहसको कार्यक्रम हो। साझा सवाल मार्फत जनताले नेता, नीति निर्माता र विश्लेषकहरूलाई सोझै प्रश्न गर्न सक्छन्। यसअगाडि नेपालमा प्रधानमन्त्रीसहित नेताहरू, नीति निर्माताहरूलाई जनताले सिधै प्रश्न सोध्ने चलन नेपाली सञ्चार माध्यममा थिएन। यो कार्यक्रम मंसिर २०६४मा शुरू भएको हो। साझा सवालको पहिलो भागमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अतिथि हुनुहुन्थ्यो। त्यो कार्यक्रम बीबीसी नेपाली सेवासँगै कान्तिपुर टेलिभिजनबाट पनि प्रसारण भएको थियो। टेलिभिजनमा नियमित रूपमा भने फागुन २०६४बाट मात्र प्रसारण भएको हो। साझा सवाल हरेक आइतबार राति ९ बजे बीबीसी नेपाली सेवा, कान्तिपुर टेलिभिजन र देशभरका २५० भन्दा बढी एफएम स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। नेपालको विविधतालाई समेट्नका लागि साझा सवाल टिमले देशका विभिन्न स्थानहरूमा पुगी कार्यक्रम रेकर्ड गर्दछ। *</http://bbcsajhasawal.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-०८ मिति>

साझा सवाल

साझा सवालका कार्यक्रमहरू https://www.youtube.com/c/sajhasawalbbcsajhasawal यहाँ हेर्न सकिन्छ ।

https://twitter.com/bbcsajhasawal

https://www.facebook.com/bbcsajhasawal

https://www.instagram.com/bbcsajhasawal/