कुनै लेखेको कुरोलाई पुनः एक चोटि सच्चाउनुलाई सम्पादन भनिन्छ। पत्रिका छाप्नु अगाडि त्यसको सम्पादन गरिन्छ। कुनै लिखित सामाग्री जस्तै : समाचार पत्रपत्रिका लेख रचना पुस्तक वा ग्रन्थ आदिको भाषा तथा विषयवस्तुलाइ उपयुक्त किसिमले सार्वजनिक गर्न सुहाउँदो वा प्रकाशन योग्य बनाउनु नै भाषा सम्पादन हो ।