सन् २०२१ को निरागोङ्गो ज्वालामुखी विस्फोटन

२२ मे २०२१ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको निरागोङ्गो पहाडको ज्वालामुखी विस्फोट भएको थियो।[१] २५ मे सम्ममाा,ज्वालामुखी विस्फोटनको कारणले ३२ मानिसको मृत्यु र १,००० घरहरू ध्वस्त भएका थिए।[२]

सन् २०२१ को निरागोङ्गो ज्वालामुखी विस्फोटन
ज्वालामुखीनिरागोङ्गो
सुरुवात समय२२ मे २०२१
अन्त्य समयचालू
प्रकारप्रभावकारी
स्थानप्रजातान्त्रिक गणतन्त्र कङ्गो
१°३१′०९″द॰ २९°१५′१५″पू॰ / १.५१९१७°S २९.२५४१७°E / -1.51917; 29.25417निर्देशाङ्कहरू: १°३१′०९″द॰ २९°१५′१५″पू॰ / १.५१९१७°S २९.२५४१७°E / -1.51917; 29.25417
प्रभाव३२ मृत्यु
१,००० घर नष्ट

पृष्ठभूमि सम्पादन गर्नुहोस्

भिरुङ्गा राष्ट्रिय निकुञ्जका अधिकारीका अनुसार निरागोङ्गो पहाडको ज्वालामुखी विस्फोटन सन् २००२ मा भएको विस्फोटसँग मिल्दोजुल्दो छ, जसमा २५० मानिसको मृत्यु भएको थियो। सेप्टेम्बर २०२० मा गोमा ज्वालामुखी वेधशालाका निर्देशक कचो कारुमले लाभा ताल द्रुत गतिले भरिन थालेको र अर्को केही वर्षमा विस्फोट हुने जोखिम बढेको कुरा बताएका थिए। कारुमले भूकम्पको कारणले ज्वालामुखि बिस्फोटन चाँडै सुरु हुन सक्ने पनि बताएका थिए। [३] [४] विश्व बैङ्कले भ्रष्टाचारको आरोपमा वित्तपोषण कटौती गरेपछि विस्फोटन हुनुभन्दा अघि करिब एक वर्षदेखि वेधशालाले राम्रोसँग काम गरिरहेको थिएन। वेधशालाले सूचना प्रविधि प्रणालीको सुपरीवेक्षण र नियन्त्रणमा इन्टरनेट जडानको लागि र पर्यवेक्षकलाई नियमित रूपमा यातायात पठाउनको लागि भुक्तान गर्न सकिरहेको थिएन। कर्मचारीहरूले उनीहरूको ज्वालामुखीमा केही भ्रमणहरूको क्रममा विभिन्न तथ्याङ्कहरू मेमोरी कार्डहरूबाट डाउनलोड गरेका थिए। [५] अगस्ट २०२० मा, जिओफिजिकल रिसर्च लेटर्सको एक प्रतिवेदनमा निरागोङ्गो ज्वालामुखीको ऐतिहासिक र वर्तमान गतिविधिको तुलनाको आधारमा मार्च २०२४ र नोभेम्बर २०२७ को बीचमा विस्फोट हुने सम्भावना रहेको अनुुुमान गरेको थियो।[६]

विष्फोटन सम्पादन गर्नुहोस्

२२ मे २०२१, ७:०० बजे (केन्द्रीय अफ्रिकी समय)मा निरागोङ्गो पर्वतको एक किनारामा ज्वालामुखी विस्फोट भएको थियो र लाभा २० लाख जनसङ्ख्या रहेको, २० किलोमिटर दक्षिणमा अवस्थित गोमा सहरतर्फ बग्न थालेको थियो।[७] प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सरकारले सहरका बासिन्दाहरूलाई उद्धार गर्न आग्रह गरेको थियो। लाभाको प्रवाह १ किलोमिटर प्रति घण्टा (०.६२ मिटर) मा सरेको अनुमान गरिएको थियो, जसले गर्दा मानिसहरू उक्त ठाउँ छोड्न प्रयाप्त समय पाएका थिए। अन्ततः गोमाको उत्तरी क्षेत्रमा रहेको बुहेम जिल्लामा लाभा रोकिएको थियो, जसले त्यस क्षेत्रका सयौँ घर तथा भवनहरू ध्वस्त पारेको थियो।[८]. लाभा सहरमा बगेको र सहरको दक्षिणमा रहेको गोमा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पुगेको यसअघिको प्रतिवेदनको बाबजुद पछिल्लो समय विमानस्थल र निर्माणाधिन क्षेत्रमा कुनै असर नपरेको पुष्टि भएको थियो। तथापि, लाभाको बहावले एन२ सडक पार गरेर गोमालाई बेनी सहरबाट उत्तरतर्फ काटेको थियो।[९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कङ्गोमा ज्वालामुखी विस्फोटले निम्त्याएको कहरका तस्बिरहरू" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २६ मे २०२१ 
  2. "कङ्गोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  3. "Mount Nyiragongo: DR Congo residents flee as volcano erupts", BBC News, मे २३, २०२१। 
  4. "Nyiragongo - is Goma under threat?", BBC, सेप्टेम्बर ४, २०२०, अन्तिम पहुँच २३ मे २०२१ 
  5. "Rising magma and empty coffers raise alarm for Congo's volcano-watchers", Reuters, मार्च १०, २०२१, अन्तिम पहुँच २३ मे २०२१ 
  6. Burgi, P.-Y.; Boudoire, G.; Rufino, F.; Karume, K.; Tedesco, D. (सेप्टेम्बर १६, २०२०), "Recent Activity of Nyiragongo (Democratic Republic of Congo): New Insights From Field Observations and Numerical Modeling", Geophysical Research Letters (अङ्ग्रेजीमा) 47 (17): e2020GL088484, आइएसएसएन 1944-8007, डिओआई:10.1029/2020GL088484, बिबकोड:2020GeoRL..4788484B, अन्तिम पहुँच २३ मे २०२१ 
  7. "कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान बचाउन हजारौँ नागरिकले देश छाडे"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  8. Sacco, Laurent, "Éruption du Nyiragongo en RDC : un premier bilan des victimes du volcan", Futura (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२१-०५-२४ 
  9. "कङ्गोमा भयङ्कर ज्वालामुखी विष्फोट" (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१