सन् २००७ फ्रान्सेली राष्ट्रपतीय निर्वाचन

फ्रान्सको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोलास सार्कोजी बिजयी भएका छन् । आइतबार भएको दोस्रो निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरेका छन् ।[१] यसैगरी उनका प्रतिद्वन्दी समाजबादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गरेकी छिन् । सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना आइतबारको निर्वाचन संगै अन्त भएको छ । आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए । जसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ । फ्रान्समा पांचौ पटक गणतन्त्र आएपछिको यो चुनाबले फ्रान्सको छैठौं राष्ट्रपति चुनेको हो । यसअघि राष्ट्रपति पदमा ज्याक शिराक आसिन थिए ।

सन् २००७ फ्रान्सेली राष्ट्रपतीय निर्वाचन

← 2002 22 April 2007 (first round)
6 May 2007 (second round)
2012 →
 
दल युनियन फर अ पपुलर मुभमेन्ट समाजबादी पार्टी (फ्रान्स)
जम्मा मत 18,983,138 16,790,440
प्रतिशत 53.1% 46.9%

Results of the first round by department and region

Results of the second round by department and region

अघिल्लो निर्वाचनमा निर्वाचित राष्ट्रपति :

ज्याक्स सिराक
युनियन फर अ पपुलर मुभमेन्ट

निर्वाचित राष्ट्रपति :

निकोलास सार्कोजी
युनियन फर अ पपुलर मुभमेन्ट

राष्ट्रपति पदको चुनाबको मतदान बेलुका ६ बजे सकिएको थियो । मतदानको नतिजा दुइ घन्टा भित्रै प्राप्त भएको थियो । यस निर्वाचनमा अप्रिल २२ को पहिलो चरणको चुनाब जस्तै फ्रान्स र यूरोप बाहिर रहेका फ्रान्सका विभिन्न भूभागका बासिन्दाले मतदान गरेका थिए । यो चुनाबमा भारतको पाण्डुचेरी नगरका नागरिकले समेत चार मतदान केन्द्रमा मतदान गरे । जुन भूभाग सन् १९६० सम्म फ्रान्सको अधिनमा थियो । भारत स्वतन्त्र हुनासाथ आफ्ना भूभागहरु एकिकृत गर्ने क्रममा यो राज्य पनि पछि भारतमा गाभिएको हो।

राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै सार्कोजीले आफू सबै फ्रान्सेली नागरिकहरूको निम्ति हयोगमा राष्ट्रपति बनेको बताए। सेगोलेनका समर्थकहरुप्रति इंगित गर्दै उनले आफ्नो जित कुनै व्यक्ति वा पार्टी विशेषका बिरुद्ध नभएको बरु फ्रान्सको परिवर्तनका निम्ति भएको उल्लेख गरे । भविष्यमा उनले बिश्वतापमानको मुद्दालाई प्रार्थमिकता दिने जनाएका छन् । उता सेगोलेन रोयलले आफ्नो हार स्विकार गर्दै यो चुनाब संगसंगै केही विशेष मुद्दाहरु उठेको र ती मुद्दाहरूलाई निरन्तरता दिने बताएकी छिन् । चुनाब जिते लगत्तै फ्रान्सका बोर्दो र पेरिस लगायत विभिन्न भूभागमा निकोलाका बिरुद्ध ठूला जुलुसहरु निस्के ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "फ्रान्समा दक्षिणपन्थी नेता राष्ट्रपति निर्वाचित", बिबिसी नेपाली, ०७ मे, २००७, मूलबाट ०७ मे, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०२२