संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचन, सन् २०१६
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव, २०१६ मङ्गलवार, ८ नोभेम्बर २०१६ को लागि तय गरिएको हो। यो चुनाव अमेरिकाको ५८औँ राष्ट्रपति चुनाव हुनेछ । देशभरबाट मतदाताहरू चुनावमा अमेरिकाको आउने ४ वर्षको लागि राष्ट्रपतिको चयन गर्नेछन् । अमेरिकामा चुनावी कलेजको माध्यमबाट नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने गर्दछ । संयुक्त राज्य अमेरिकाको संविधानको २२औँ संशोधन अनुसार बहालवाला राष्ट्रपति बराक ओबामा तेस्रो कार्यकालको लागि राष्ट्रपति पदको लागि मान्य हुने छैनन् । सन् २०१६ को चुनावले अमेरिकाका ४५औँ राष्ट्रपति र ४८औँ उपराष्ट्रपतिको निर्णय गर्नेछन् [१]
राष्ट्रपति चुनावको नतिजा नक्सा । रातोले ट्रम्प/पेन्सले जितेको बुझिन्छ, भने निलोले क्लिन्टन/केन जितेको बुझिन्छ । अङ्कले प्रत्येक राज्यको विजेतालाई छुट्याइएको इलेक्टोरल मत बुझिन्छ ।