श्रेणी वार्ता:पारलैङ्गिक अभिनेताहरू

पछिल्लो टिप्पणी: ३ वर्ष अघि यलक्वंदाद्वारा विषय जानकारी आवश्यकमा

जानकारी आवश्यक सम्पादन गर्नुहोस्

यलक्वंदा: यहाँले पारलैङ्गिक अभिनेत्रीहरू श्रेणीलाई यस श्रेणीमा अनुप्रेषण गर्नुभएको छ। दुई वटा छुट्टा छुट्टै विषयको लागि भिन्न भिन्न श्रेणीहरू हुनुपर्ने हैन र? अङ्ग्रेजीमा 'Actor' र 'Singer' ले एउटै अर्थ दिने गरेतापनि हाम्रोमा त दुई वटा शब्द छन् त्यहि भएर स्पष्ट पारिदिनुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३०, ३१ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

Actor अभिनेता, Singer गायक होला । मैले लैङ्गिक तटस्थता कायम गर्नको लागि दुई श्रेणीलाई एउटैमा राखेको हुँ । जस्तै महिला भनेर पहिचान गर्नेलाई 'अभिनेत्री' र पुरुष भनेर पहिचान गर्नेलाई 'अभिनेता' अनि महिला पुरुष बाहेकका लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भनेर आउन सक्ला । त्यसैले अनुप्रेषण गरेको हुँ । --यलक्वंदा (कुरा गर्ने) ११:३४, १ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
यलक्वंदा: ठीक छ। यसको अर्थ यो मूल श्रेणीभित्र महिला पुरुष बाहेकका लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई राख्न प्रयोग गर्न सकिन्छ। त्यसो भए पारलैङ्गिक अभिनेत्रीहरू श्रेणीलाई मेटाउन सकिएला? यहाँले राम्रो नियत राखेर विकिपिडिया सम्पादन गर्नुहुनेछ भनि आशा राखेको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:२३, १ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

- मैले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति सम्बन्धीकै लेखमा केन्द्रित हुने गरेको छु । यो लैङ्गिकतामा आधारित शब्दहरूमा अलिकती छलफल चलाउन पर्ला । किनभने अहिले महिलाहरूले पनि मूल शब्दमा प्रत्यय थपेर महिला जनाउने शब्दहरू प्रयोग गर्दैनन् । जस्तै:- डाक्टर / डाक्टरनी भन्दा पनि सबैलाई 'डाक्टर' नै भनिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति सम्बन्धीका लेखहरूमा लैङ्गिक तटस्थ भाषाकै प्रयोग गर्ने प्रचलन रहेको छ । जस्तै पारलैङ्गिक महिलाहरूले त महिला भनेर पहिचान गर्ने हुन् तर ती लेखहरूमा लैङ्गिक तटस्थ ढङ्गले नै मैले सम्बोधन गरेको छु । तर यसमा थप छलफल चलाउन सकिन्छ । --यलक्वंदा (कुरा गर्ने) ११:३०, १८ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

"पारलैङ्गिक अभिनेताहरू" पृष्ठमा फर्कनुहोस्।