धीर शमशेर राणा र उनका सबै १७ भाइ छोराहरू ; जसलाई शमशेर खलक भनेर चिनिन्थ्यो।

श्री ३ महाराज एवम् प्राइम मिनिस्टर उत्तराधिकारसम्बन्धी अप्राकृतिक रोलक्रम निर्धारित गरेर वास्तवमा प्राइम मिनिस्टर जनरल जंगबहादुर कुँवर राणाले नै राणा परिवारहरू बीचमा आपसी फुट तथा कलहको बीउ रोपिदिएका थिए। आफ्ना नातिहरूलाई समेत यिनले आफ्ना भाइका छोराहरूको प्राइम मिनिस्टर वा श्री ३ महाराज हुने रोलक्रम भन्दा अघिल्लो रोलक्रममा राखिदिनु नै परिवारिक कलहको मुल कारण बन्न आएको थियो। यसै रोलक्रमले गर्दा जनरल जंगबहादुर कुँवर राणाका छोरा नाति तथा जनरल धीरशमशेर कुँवर राणा एवम् यिनका छोरा गरि राणा परिवारका सदस्य दुई ओटा गुटमा विभक्त थिए- एउटा गुट जङ्ग परिवारका राणाहरूको र अर्को गुट शमशेर परिवारका राणाहरूको।

उपश्रेणीहरू

यो श्रेणीका जम्मा ४ श्रेणीहरू मध्ये निम्न ४ उपश्रेणीहरू छन्।

"शमशेर खलक" श्रेणीमा रहेका पृष्ठहरू

कुल ३ मध्ये यस श्रेणीमा ३ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।