श्रीनगर भारतको जम्मू र कश्मीर प्रान्तको राजधानी हो । कश्मीर घाटीको मध्यमा रहेको यो शहर भारतको प्रमुख पर्यटन स्थल मध्ये एक हो । श्रीनगर एक तर्फ डल तालको लागि प्रसिद्ध छ र अर्को तर्फ विभिन्न मन्दिरहरूको लागि विशेष रूपमा प्रसिद्ध छ ।

श्रीनगर
श्रीनगर
سِرېنَگَر
राजधानी
उपनाम: 
धरतीमा स्वर्ग
Settledतीसरी शताब्दी ई.पू.
जनसङ्ख्या
 (2001)
 • राजधानी८९४,९४०
 • महानगर
९७१,३५७
वेबसाइटwww.srinagar.nic.in

१७०० मीटर ऊंचाईमा रहेको श्रीनगर विशेष रूपमा ताल र हाऊसबोटको लागि जानिन्छ । यस बाहेक श्रीनगर परम्परागत कश्मीरी हस्तकला र सिखा मेवाको लागि पनि विश्व प्रसिद्ध छ । श्रीनगरको इतिहास धेरै पुरानो छ । मानिन्छ कि यस ठाउँ को स्थापना प्रवरसेन द्वितीयले २,००० वर्ष पूर्व गरेका थिए । यस जिल्लाको चौतर्फि ५ अन्य जिल्ला स्थित छ । श्रीनगर जिल्ला कारगिलको उत्तर, पुलवामाको दक्षिण, बुद्धगमक्प् उत्तर-पश्चिमको बगलमा स्थित छ ।

श्रीनगर जम्मू र कश्मीर राज्यको ग्रीष्मकालीन राजधानी हो । यो शहर र यसको छेउछाउ को क्षेत्र एक जमानामा विश्वको सबैभन्दा सुन्दर पर्यटन स्थल मानिन्थ्यो, जस्तै डल ताल, शालिमारनिशात बाग, गुलमर्ग, पहलगाम, चश्माशाही, आदि । यहाँ हिन्दी सिनेमाको धेरै चलचित्रको शूटिङ्ग हुन्थ्यो । श्रीनगरको हजरत बल मस्जिद मा मानिन्छ कि त्यहाँ हजरत मुहम्मदको दाढीको एक कपाल राखिएको छ । श्रीनगरमा नै शंकराचार्य पर्वत छ जहाँ विख्यात हिन्दू धर्मसुधारक र अद्वैत वेदान्तको प्रतिपादक आदि शंकराचार्य सर्वज्ञानपीठको आसनमा विराजमान भएका थिए । डल ताल र झेलम नदी (संस्कृत : वितस्ता, कश्मीरी : व्यथ) मा आउने जाने, घूमने र बाजार र किन्नेको साधनमा खास तौरमा शिकारा नामको नाउ छ । कमलको फूलले सजी रहने वाला डल तालमा धेरै सुन्दर नाउमा तैरते घर पनि छ जसलाई हाउसबोट भनिन्छ । इतिहासकार मान्छन् कि श्रीनगर मौर्य सम्राट अशोक द्वारा बसाएको थियो ।

डल तालमा एक शिकारा

श्रीनगरदेखि केहि टाढा एक धेरै पुरानो मार्तण्ड (सूर्य) मन्दिर छ । श्रीनगरदेखि तीस किलोमीटर टाढा मुस्लिम सूफी सन्त शेख़ नूरुद्दिन वली को दरगाह चरार-ए-शरीफ छ, जसलाई केहि वर्ष अघि इस्लामी आतन्कवादियाले नै जलाइ दिएका तिए, तर पछि यसको फेरि मर्मत भयो ।

मुख्य आकर्षण सम्पादन गर्नुहोस्

हजरतबल मस्जिद सम्पादन गर्नुहोस्

हजरतबल मस्जिद श्रीनगरमा स्थित प्रसिद्ध डल तालको किनारमा स्थित छ । यसको निर्माण पैगम्बर मोहम्मद मोई-ए-मुक्कादसको सम्मानमा गरिएको थियो । यस मस्जिदलाई धेरै अन्य नामहरू जस्तै हजरतबल, अस्सार-ए-शरीफ, मादिनात-ऊस-सेनी, दरगाह शरीफ र दरगाह आदिको नामले पनि जानिन्छ । यस मस्जिदको छेउमा नै एक सुन्दर बगैचा र इश्‍रातत महल छ । जसको निर्माण १६२३ ई. मा सादिक खानले गरेका थिए ।

शंकराचार्य मन्दिर सम्पादन गर्नुहोस्

यो मन्दिर शंकराचार्य पर्वतमा स्थित छ । शंकराचार्य मन्दिर समुद्र तलदेखि ११०० फीटको ऊंचाईमा स्थित छ । यसलाई तख्त-ए-सुलेमनको नामले पनि जानिन्छ । यो मन्दिर कश्मीर स्थित सबैभन्दा पुरानो मन्दिरहरूमध्ये एक हो । यस मन्दिरको निर्माण राजा गोपादित्यले ३७१ ई. पूर्व गराएका थिए । डोगरा शासक महाराजा गुलाब सिंहले मन्दिर सम्म पुग्नको लागि सीढिहरू बनाएका थिए । यस बाहेक मन्दिरको वास्तुकला पनि धेरै सुन्दर छ ।

जामा मस्जिद सम्पादन गर्नुहोस्

जामा मस्जिद कश्मीर को सबैभन्दा पुरानो र ठुलो मस्जिदहरु मध्ये को हो। मस्जिद को वास्तुकला धेरै अदभूत छ। मानिन्छ कि जामा मस्जिद को आधारशिला सुल्लान सिकंदर ले 1398 ई. मा राखेका थिए । यस मस्जिद को लंबाई 384 फीट र चौड़ाई 38 फीट छ। यस मस्जिद मा तीस हजार एक-साथ नमाज पढ्न सक्छन ।

खीर भवानी मन्दिर सम्पादन गर्नुहोस्

श्रीनगर जिल्लाको तुल्लामुलामा स्थित खीर भवानी मन्दिर यहाको प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो । यो मन्दिर माता रङ्गने देवीलाई समर्पित हो । प्रत्येक वर्ष जेष्ठ अष्टमी (मई-जून) को अवसरमा मन्दिरमा वार्षिक उत्सवको आयोजन गरिन्छ । यस अवसरमा ठुलो संख्यामा मानिस देवीको दर्शनको लागि विशेष रूपमा आउछन् ।

चट्टी पदशाही सम्पादन गर्नुहोस्

चेत्ती पदशाही कश्मीरको प्रमुख सिख गुरूद्वारहरूमध्ये एक हो । सिखहरूको छैटौ गुरू कश्मीर घुम्नको लागि आएका तिए, त्यस समय उनी यहा केहि समयको लागि बसेका थिए । यो गुरूद्वारा हरी पर्वत किलादेखि खेहि नै दूरीमा स्थित छ ।

निशात बाग सम्पादन गर्नुहोस्

यस बगैचालाई १६३३ ई. मा नूरजहाको भाइ आसिफ खानले बनाएका थिए । यो बगैचा डल झीलको किनारमा स्थित छ । श्रीनगर जिल्ला मुख्यालयदेखि निशान्त गार्डन ११ किलोमीटरको दूरीमा स्थित छ यस ठाउदेखि झीलको साथ-साथ अन्य धेरै सुन्दर दृश्यहरूको नजारा देक्न सकिन्छ ।

डल ताल सम्पादन गर्नुहोस्

पाच मील लामो र अढाई मील चौडो डल झील श्रीनगरको मात्र नभएर पूरा भारतको सबैभन्दा सुन्दर झीलहरूमध्ये एक हो । विश्व भरमा यो झील विशेष रूपमा शिकारहरू या हाऊस बोटको लागि जानिन्छ । डल तालको आस-पासको प्राकृतिक सुन्दरता धेरै संख्यामा मनिसहरूलाई आफुतर्फ आकर्षित गर्छ । डल ताल चार भागहरू गगरीबल, लोकुट डल, बोड डल र नागिनमा छरिएको छ । यस बाहेक यहा स्थित दुई द्वीप सोना लेक र रूपा लेक यस तालको सुन्दरको तर्फ बढाउछ ।

निकटवर्ती स्थल सम्पादन गर्नुहोस्

  • गुलमर्ग
  • सोनमर्ग
  • कोकरनाग वेरीनाग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००८-०५-१४ 
  2. "Bhat re-elected Mayor", The Tribune (The Tribune Trust), ३० मार्च २००६, अन्तिम पहुँच २००७-०४-१४ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्