शेंगेन सम्झौता युरोपमा शेंगेन क्षेत्रको निर्माण गराउने सन्धि हो, जसमा आन्तरिक सीमा जाँचहरू धेरै हदसम्म खारेज गरिएको छ। यो सम्झौतामा १४ जुन १९८५ मा लक्जमबर्ग को शेंगेन शहर नजिकै तत्कालीन युरोपेली आर्थिक समुदायका दश सदस्य राष्ट्रमध्ये पाँच देशले हस्ताक्षर गरेका थिए। यसले हस्ताक्षरकर्ताहरूको साझा सीमामा सीमा जाँचलाई बिस्तारै खारेज गर्ने उद्देश्यले उपायहरू प्रस्ताव गरेको छ, जसमा कम गतिमा सवारी साधन जाँचहरू समावेश छन् जसले सवारी साधनहरूलाई रोकावट बिना सीमा पार गर्न अनुमति दिन्छ, सीमा क्षेत्रका बासिन्दाहरूलाई निश्चित चेकपोइन्टहरूबाट सीमा पार गर्न स्वतन्त्रता दिन्छ, र भिसा नीतिहरूको समन्वय गर्दछ।

सन् १९९० मा, यो सम्झौतालाई शेंगेन कन्भेन्सनले थप व्यवस्थित बनायो जसले आन्तरिक सीमा नियन्त्रण पूर्ण रूपमा खारेज गर्दै साझा भिसा नीतिलाई प्रस्ताव गरेको थियो। शेंगेन क्षेत्र अन्तर्राष्ट्रिय यात्राको उद्देश्यका लागि एकल राज्यको रूपमा काम गर्दछ, यस क्षेत्रमा प्रवेश गर्ने र बाहिर निस्कने यात्रीहरूको लागि बाह्य सीमा नियन्त्रणहरू भएपनि शेंगेन क्षेत्रमा कुनै पनि आन्तरिक सीमा नियन्त्रणहरू बिना नै साझा भिसाले यात्रा सम्भव गराउँछ। हाल यो २७ युरोपेली देशहरू मिलेर बनेको छ जसको जनसंख्या ४० करोड भन्दा बढी छ र यसको क्षेत्रफल ४,३१२,०९९ वर्ग किलोमिटर (१, ६६४, ९११ वर्ग माइल) छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्