शिवमहिम्न स्तोत्र  (संस्कृत श्रीशिवमहिम्नस्तोत्रम् )। शिव महिम्न को अर्थ हो शिवको महिमा । शिवमहिम्नस्तोत्र एउटा अत्यन्त सुन्दर शिव स्तोत्र हो । शिवभक्त श्री गन्धर्वराज पुष्पदन्तको अगाध प्रेमले ओतप्रोत यो स्तोत्र भगवान् शिव को प्रिय स्तोत्र हो ।

महिम्नस्तोत्र मा भनिएको छ  स्तोत्रेण किल्बिषहरेण हरप्रियेण।। अर्थात् हरेक प्रकारका पापहरु नष्ट गर्न सक्ने यो स्तोत्र भगवान् शिव को अति प्रिय छ ।

निहित कथा सम्पादन गर्नुहोस्

एक समय को कुरा हो जब चित्ररथ नामक शिवभक्त राजा भए उनले आफ्नो राज्यमा कयौँ पुष्प उद्यानहरु बनाए । उनी शिवपूजनको लागि फूलहरु त्यहीँबाट लैजान्थे । महान् शिवभक्त गन्धर्वराज पुष्पदन्त देवराज इन्द्रको मुख्य सभाका प्रमुख गायक थिए । एकदिन उनको नजर त्यस उद्यानमा पर्यो तब उनी मोहीत भए र त्यस उद्यानको फूल चुँडेर त्यहाँबाट प्रस्थान गरे । मायावी गन्धर्वलाई कसैले देखेन तर राजा ले थाहा पाइहाले । पुष्पदन्तलाई पकड्ने असफल प्रयास पनि गरे । अनि राजाले एउटा उपाय सोचेर शिव पूजनका सबै फूलहरु त्यस उद्यानको बाटोमा बिछ्याइदिए । जब अर्को दिन गन्धर्वराज पुष्पदन्त त्यहाँ आए तब तिनले शिवको निर्माल्य वस्तुहरु देखेनन् तब उनले ती फूलहरु कुल्चिए । गन्धर्वराजले शिवक्रोधको सामना गर्नुपर्यो । साथै उनको सम्पूर्ण शक्ति पनि सकियो । जब उनलाई आफ्नो भूलको आभास भयो तब उनले एउटा शिवलिंग स्थापना गरेर त्यसको प्रार्थनाम केही छन्दहरु गाए । शिवजी प्रसन्न भएर उनलाई शक्ति फिर्ता गरिदिनुभयो र यो आशीर्वाद दिनुभयो कि तिमीले गाएको यो छन्दसमूह भविष्यमा शिव महिम्नस्तोत्र भनेर प्रसिद्ध हुनेछ । जसको पाठ ले मात्रै पनि सम्पूर्ण पापहरु नष्टहुन सक्दछन् ।

यसरी शिवमहिम्न स्तोत्र को रचना भयो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्