शरदचन्द्र शाह

(शरदचन्द शाहबाट अनुप्रेषित)

शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्, नेपालका चौँथो सदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीको तेस्रो अध्यक्ष थिए। उनले वि.सं. २०३४ देखि वि.सं. २०४५ सम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा रहि काम गरेका थिए। २०४५ सालमा दशरथ रंगशालामा घटेको फुटबल फुटबल दुर्घटना भयो। कम्तीमा ९३ जना दर्शकको ज्यान जाने त्यो घटनापछि उनले पदबाट राजीनामा दिए।[२]

शरदचन्द्र शाह
अध्यक्ष, नेपाल ओलम्पिक कमिटी
कार्यकाल
सन् १९७७ – १९८८[१]
पूर्वाधिकारीखड्गविक्रम शाह
उतराधिकारीइन्दुबहादुर शाही
राष्ट्रिय खेलकुद परिषद्, नेपालका सदस्य-सचिव
कार्यकाल
वि.सं. २०३३ – वि.सं. २०४५
पूर्वाधिकारीखड्गविक्रम शाह
उतराधिकारीइन्दुबहादुर शाही

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव हुँदा शाहले बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात गरे। अन्तर नगर खेलकुदको आयोजना अनि अन्तर्राष्ट्रिय रूपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ शाहको नै परिकल्पना थियो।

शरदचन्द्रले देशभरि निर्माण गरेको खेल पूर्वाधार प्रसंशनीय छन्। शाहको ११ वर्षे कार्यकालमा तत्कालीन ७५ वटै जिल्लामा कबर्ड हल र तत्कालीन पाँच विकास क्षेत्रमा रंगशाला निर्माण गर्नु ठूलो उपलब्धि थियो। उनको समयमा बनेका भौतिक पूर्वाधार र मैदान नै खेलाडीहरूले अहिले उपयोग गरिरहेका छन्।

२०६० बैशाख १८ मा शाहलाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरिएको थियो।

२०६२ मा शाह राजा ज्ञानेन्द्रका विशेष दूतको रुपमा भारत गएका थिए।[३]

जीवन सम्पादन गर्नुहोस्

शरदचन्द्र शाहको जन्म बि.स. २०१२ मा सल्यानी राजपरिवारमा भएको थियो। [४]

सम्मान सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

शरदचन्द्र शाहको मृत्यु २०६९ असार ५ मा सिंगापुरमा भएको थियो।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्