२०४४ को दशरथ रङ्गशाला दुर्घटना

निर्देशाङ्कहरू: २७°४१′४१″N ८५°१८′५५″E / २७.६९४७°N ८५.३१५२°E / 27.6947; 85.3152

दशरथ रंगशाला दुर्घटना २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखानाबंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको क्रममा भएको थियो। [१][२] भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्रममा उक्त दुर्घटनामा ९३ मानिसको ज्यान गयो । दशरथ रंगशाला दुर्घटना २०० ६ सम्मको नवौ सबैभन्दा ठूलो स्टेडियम दुर्घटना हो (मानव क्षतिको हिसाबले, ९३ दर्शकको मृत्यु), र नेपालको सबैभन्दा खराब रंगशाला दुर्घटना हो।

दशरथ रंगशाला दुर्घटना २०४४
को भाग
The grandstand of Dasarath Rangasala Stadium
मिति२०४४ साल फागुन २९
स्थानदशरथ रंगशाला
काठमाडौँ
कारणअधिक भिडभाड
मृत्यु९३
घाइते१०० भन्दा धेरै

प्रकोप सम्पादन गर्नुहोस्

रंगशालाको ढोकाहरू बन्द गरिएको कारणले भीड भाग्न खोज्दा लडेर एकअर्कामाथि खप्टिन पुगे। यसैमा च्यापिएर धेरैको मृत्यु भयो । [१][३][४]

पछि सम्पादन गर्नुहोस्

रंगशाला दुर्घटना पछि शिक्षा तथा संस्कृतिमन्त्री केशर बहादुर बिष्टअखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कमल थापाले राजीनामा गरे । [५]

दक्षिण एसियाली खेलकुद १९९९ को लागि दशरथ रंगशाला पछि पुन: चिनियाँ सरकारको सहयोगमा मर्मत गरियो । [५]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ "93 Die in Nepal Stadium Stampede : Soccer Fans Rush to Locked Exits in Sudden Hailstorm", LA Times, १३ मार्च १९८८, अन्तिम पहुँच २३ अप्रिल २०१८ 
  2. "Dasharath Stadium marks 25th year of disaster", The Himalayan, अन्तिम पहुँच १३ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  3. "Life’s Most Expensive Football Ticket", BicharDabali, अन्तिम पहुँच ७ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ अप्रिल २०१४ मिति
  4. "Football stadium disasters", The Telegraph, अन्तिम पहुँच १३ जुलाई २०१४ 
  5. ५.० ५.१ "1988 Dasharath Stadium Disaster - Black Day Of Nepalese Football Marks 30 Yrs", Goal Nepal, १२ मार्च २०१८, मूलबाट २४ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१८ मिति