विश्वास चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपालका चर्चित फुटबल क्लब नेपाल आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा गोलरक्षकका रूपमा खेल्ने गर्दछन् ।

विश्वास चौधरी
व्यक्तिगत जानकारी
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल आर्मी क्लब (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०७५ पुस २७

क्लब जीवन सम्पादन गर्नुहोस्

नेपाल आर्मी क्लब सम्पादन गर्नुहोस्

विश्वास चौधरी नेपाल आर्मी क्लबको दोस्रो रोजाईका गोलकिपर हुन् । उनले शहिद स्मारक ए-डिभिजन लिग २०७५ अन्तरगत अन्तिम दोस्रो खेलमा आर्मीका निरन्तर गोलरक्षक विकेश कुथुको स्थानान्तरणमा एनआरटी क्लब विरूद्ध एक खेल खेलेका थिए [१]

यस्तै नेपालको राष्ट्रिय लिग लगतै पुर्व पाँचथर जिल्ला भएको दशौँ फाल्गुनन्द गोल्डकप २०७५ को क्वाटरफाइनल खेलमा उनले आयोजक टिम फिदिम स्पोर्टिङ क्लब विरूद्ध उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई सेमिफाइनलमा पुर्याएका थिए । म्यान अफ दि म्याच घोषित उनले २-२ गोलको बराबरी पछि टाइब्रेकरमा पुगेको उक्त खेलमा विपक्षी टिमको ३ पेनाल्टी प्रहार बचाएका थिए[२]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्