विश्वनाथ उपाध्याय
नेपालका पूर्व प्रधानन्यायाधीश थिए।
विश्वनाथ उपाध्याय (विसं १९८६-२०७०) नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०४८ साल साउन २३ गतेदेखि २०५२ साल असोज ९ गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए ।[१] उनी नेपाल अधिराज्यको संविधान २०४७ बनाउन गठित संविधान सुझाव आयोगका प्रमुख आयुक्त थिए। यिनैको आयोगले संविधानको मस्यौदा तयार पारेको थियो।[२]
सम्माननीय विश्वनाथ उपाध्याय | |
---|---|
नेपालको सर्वोच्च अदालत | |
कार्यकाल २०४८ साल साउन २३ गते – २०५२ साल असोज ९ गते | |
नियुक्ति कर्ता | राजा बीरेन्द्र |
पूर्वाधिकारी | धनेन्द्रबहादुर सिंह |
उतराधिकारी | सुरेन्द्रप्रसाद सिंह |
व्यक्तिगत विवरण | |
मृत्यु | २०७० माघ १६ नर्भिक अस्पताल, काठमाडौँ |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाली |
पेशागत जीवन
सम्पादन गर्नुहोस्उपाध्याय कानुन सचिव, कानुन आयोग हुँदै सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेका थिए। विसं २०४८ मा उनी प्रधानन्यायाधीश बनेका थिए। [३]
पारिवारिक पृष्ठभुमि
सम्पादन गर्नुहोस्उहाँका चार दाजुभाइ मध्ये केदारनाथ उपाध्याय पूर्वप्रधानन्यायाधीश एंव राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष हुन् भने वैद्यनाथ उपाध्याय सर्वोच्चका वहालवाल न्यायाधीश र अर्का भाइ नरेन्द्र दाहाल सरकारी सेवामा कार्यरत छन् ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "अवकाश प्राप्त प्रधानन्यायाधीशहरू", supremecourt.gov.np, सर्बोच्च अदालत, अन्तिम पहुँच २०७० माघ १७। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-३० मिति
- ↑ २.० २.१ "को हुन विश्वनाथ उपाध्याय ?", ujyaaloonline.com, २०७० माघ १७, अन्तिम पहुँच २०७० माघ १७। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
- ↑ दाहाल, दीपक (१७ माघ २०७०), "कानुनका ज्ञाता विश्वनाथ उपाध्यायको निधन", www.nagariknews.com, अन्तिम पहुँच २०७० माघ १७।