विश्वकप फुटबल २०१० का खेलाडीहरू

सहभागी ३२ देशमध्ये प्रत्येकबाट प्रथम पंक्ति र स्थानापन्नसमेत २३ जना गरी ७३६ खेलाडीले प्रतिस्पर्धा गर्न पाउने विश्वकपमा नया नायकका प्रत्याशी मानिएका केही नाम:

लियोनेल मेसी : बाइस वर्षीय अर्जेन्टिनी मिडफिल्डर मेसी चालू वर्षका सर्वश्रेष्ठ खेलाडी अर्थात्, 'फिफा वर्ष खेलाडी' पनि हुन्। स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएका मेसीले प्रतिष्ठित युरोपेली लिगमा लगातार प्रभावशाली खेल प्रदर्शन गर्दै आफ्नो अपार प्रतिभा देखाएका थिए। त्यहा उनले गोल र ह्याटि्रकको त बाढी नै लगाइदिएका थिए। उनले बार्सिलोना क्लबबाट खेल्दै ३४ 'ला लिगा' गोल गरेर युरोपियन गोल्डेन बुट पाएका थिए भने थप आठ गोलसहित लगातार दोस्रो वर्ष पनि युएफा च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए। आफ्नो खेल-कौशल तथा गोल गर्न सक्ने अद्वितीय क्षमताले गर्दा उनी कुनै पनि बेला म्याचको परिणाम आफू आबद्ध टिमको पक्षमा पार्न सक्छन्, तर अहिलेसम्म राष्ट्रिय टिमको जर्सी लगाएर खेल्दा खासै उल्लेखनीय प्रदर्शन गर्न नसकेका मेसीले दक्षिण अपि|mकामा कस्तो चमत्कार गर्लान् ? प्रशिक्षक म्याराडोना उनीमाथि ठूलो विश्वास राख्दै भन्छन्- मेसी मेरा म्याराडोना हुन्।

वायन रुनी : लियोनेल मेसीपछि वर्तमान समयका सर्वश्रेष्ठ फुटबलर इङ्ग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेड क्लबका स्टार स्ट्राइकर वायन रुनी विश्वकप सुरु हुनुभन्दा केही समयपहिले घाइते भएका थिए, तर पनि उनी इङ्ग्ल्याण्डको टिममा समावेश छन्। २४ वषर्ीय रुनी सधैं नै आफ्नो टिमका लागि प्रेरक एवं म्याचको मोड बदल्न सक्ने विशिष्ट खेलाडीका रूपमा चिनिन्छन्। गत फुटबल सत्रमा उनले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडका लागि ३४ गोल गरेका थिए। इंग्ल्याण्डमा रुनीलाई साथ दिन प|mाङ्क लाम्पार्ड -चेल्सी), स्टिभन गेरार्ड, पल स्कोल्स, डिफो आदि छन्।

'क्रिस्टियानो रोनाल्डो : पछिल्लो विश्वकप-२००६को सेमिफाइनलिस्ट पोर्चुगलका कप्तान तथा रियल मेडि्रडका बहुचर्चित स्ट्राइकर २५ वषर्ीय क्रिस्टियानो रोनाल्डो कतिबेला चम्किन्छन्, कसैले भन्न सक्दैनन्। सन् २००८ का फिफा वर्ष खेलाडी हुन्, रोनाल्डोले छनोट चरणका सात म्याच खेलेकोमा एउटै गोल गर्न सकेका थिएनन्। छनोट चरणमा राम्रो प्रदर्शन गर्न नसके पनि विश्वकपजस्ता ठूला अवसरमा उनले आफ्नो विशिष्ट छाप छोड्न सक्ने सम्भावना उत्तिकै छ। उनलाई मिडफिल्डरद्वय सिमाओ र डेको अनि फरवार्ड रिकार्डो कार्भाल्होले सन्तुलित साथ दिनेछन्।

डिडियर ड्रोग्बा : अफ्रिकी मुलुक आइभरी कोस्टका ३२ वर्षीय कप्तान डिडियर ड्रोग्बा वर्तमान विश्वकै सर्वश्रेष्ठ स्ट्राइकर हुन्। उनी यसपटक इङ्लिस पि्रमियर लिग च्याम्पियन भएको बेलायती क्लब चेल्सीका प्रभावशाली स्ट्राइकर हुन्। आफ्नो क्लबका लागि हालसम्म ८४ गोल गरिसकेका ड्रोग्बा चेल्सीका लागि सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी बनेका छन्। दोस्रो पटक विश्वकप खेल्न लागिरहेका ६ फिटभन्दा अग्ला ड्रोग्बा पछिल्ला आठ वर्षदेखि अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका छन्। यस क्रममा उनले ६७ म्याचमा ४४ गोल गरिसकेका छन्। इङ्लिस पि्रमियर लिगका क्रममा दर्शकप्रति दुव्र्यवहार गरेको आरोप लागेका ड्रोग्बामा विश्वकप स्टार बन्ने सबै गुण छन्, तर उनको यो गुण र अन्य क्षमता हेर्न उनको देशले लिग चरणका केवल तीन खेल मात्र खेलेर पुग्दैन, त्यसभन्दा अघि पुग्न सक्नुपर्छ।

डेभिड भिल्ला : बार्सिलोनाबाट खेल्ने २९ वषर्ीय स्पेनिश फरवार्ड डेभिड भिल्लाले आफ्नो देशका लागि हालसम्म ५५ अन्तर्राष्ट्रिय म्याच खेलेर ३६ गोल गरेका छन्। उनी गत मे महिनामा ४ करोड युरोमा भ्यालेन्सियाबाट बार्सिलोना सरेका थिए। उनीसित पछिल्लो विश्वकप २००६को पनि अनुभव छ। स्पेनलाई युरोपियन च्याम्पियनसिप दिलाउन युरो-२००८मा उनले सबैभन्दा धेरै गोल गरेका थिए, यद्यपि घाइते भएकाले उनले युरो कपको फाइनल भने खेल्न पाएनन्। दुवै खुट्टाले सशक्त खेल खेल्न सक्ने भिल्ला हावामा जति सशक्त छन्, पेनाल्टी क्षेत्रमा उत्तिकै सटिक छन्।

काका  : स्पेनिस क्लब रियल मेडि्रडबाट खेल्ने ब्राजिलका २७ वषर्ीय मिडफिल्डर काका वर्तमान ब्राजिलियन टिमका सर्वश्रेष्ठ खेलाडी मानिन्छन्। खास नाम रिकार्डो आइजेक्सन डोस सान्तोस लेइटे भए पनि, उच्चारण गर्न कठिन भएकाले उनकै भाइले उनलाई यो उपनाम दिएका हुन्। मैदानमा १० नम्बर जर्सीमा देखा पर्ने काकाले हालसम्म ७६ अन्तर्राष्ट्रिय म्याच खेलेर २५ गोल गरेका छन्। सन् २००२ र २००६ का विश्वकपको पर्याप्त अनुभव उनीसित छ। उनले दक्षिण अपि|mकामा भएको फिफा कन्फेडेरेसन्स कप २००९मा ब्राजिललाई उपाधिसम्म डोर्‍याउन प्रमुख भूमिका निर्वाह गरेर प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बल पाएका थिए। सन् २००७ का यी फिफा वर्ष खेलाडी पछिल्ला केही समयदेखि घाइते हुने क्रम बढ्दो छ। काकामा देखिएको प्रहारक शक्ति, गति, भिजन तथा फिनिसिङ क्षमता विश्मयकारी छ। उनी ब्राजिलको शारीरिक शक्ति र फूर्तिसहितको प्रख्यात 'काउन्टर-अट्याक' शैलीका सच्चा धरोहर मानिन्छन्।

स्यामुयल इतो : इटालियन क्लब इन्टरमिलानबाट खेल्ने ३० वषर्ीय फरवार्ड स्यामुयल इतो रोजर भिल्लाको देश क्यामरुनका स्टार खेलाडी हुन्। सन् २००२ र २००६ का विश्वकप खेलिसकेका इतोले हालसम्म ९१ वटा अन्तर्राष्ट्रिय म्याच खेलेर ४२ गोल गरेका छन्। क्यामरुनका कप्तान इतोले रेकर्ड तीनपटक अपि|mकी वर्ष खेलाडीको पुरस्कार पाइसकेका छन्। हालै मात्र इन्टरमिलानबाट खेल्दै उनले आफ्नो जीवनमा तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

जाभी हर्नान्डिज : स्पेनिश क्लब बार्सिलोनाको पहिलो पंक्तिका खेलाडी जाभी वर्तमान युरोपियन च्याम्पियन स्पेनका प्रमुख मिडफिल्डर हुन्। धेरैले विश्वकप २०१०को पि्र-फेवरिट मानिरहेको स्पेनका भरपर्दा प्लेमेकर ३० वषर्ीय जाभी पछिल्ला दस वर्षदेखि राष्ट्रिय टोलीका लागि निरन्तर खेल्दै आएका छन्। उनीसित पछिल्लो विश्वकप २००६को राम्रै अनुभव छ। उनलाई साथ दिनेहरूमध्ये एन्डे्रज एनेस्टा -बार्सिलोना) र सेसी फाबि्रगास -आर्सेनल), जाबी अलोन्सो -रियल मेडि्रड)को खेल पनि हेर्न लायक हुनेछ। जाभीसागै उनीहरू पनि पटक-पटक घाइतेको सूचीमा रहने चर्चित खेलाडी हुन्, स्वास्थ्यले साथ दिएर उनीहरू मैदानमा ओर्लिए भने गतिशील खेलशैलीले उनीहरूमध्ये कसैलाई पनि नायकत्वको पगरी दिन सक्छ।

ग्यानलिगी बुफों : इटालीकै युभेन्टस क्लबबाट खेल्दै आएका डिफेन्डिङ च्याम्पियन इटालीका ३२ वषर्ीय अनुभवी गोलकिपर ग्यानलिगी बुफोंको विशेषता के हो भने सन् १९९८, २००२ र २००६ का विश्वकपहरू खेलिसकेका बुफों गत विश्वकप २००६ का सर्वश्रेष्ठ गोलकिपर हुन्, त्यो वर्ष उनले 'फिफा लेभ यासिन गोलकिपिङ एवार्ड' पाएका थिए। ६ फिटभन्दा अग्ला बुफोंले सन् १९९७मा अन्तर्राष्ट्रिय म्याच खेल्न सुरु गरेयता एकसयभन्दा धेरै म्याच खेलिसकेका छन्। हाल निरन्तर घाइते भैरहेकाले क्लबबाट खेल्दा राम्रो प्रदर्शन गर्न नसकेकाले उनमा केही निराशा पलाएको बताइन्छ। उनीसँगै युभेन्टसबाट खेल्ने राष्ट्रिय कप्तान ३६ वषर्ीय फाबियो कानाभारोले यो विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट संन्यास लिने घोषणा गरिसकेका छन्। कानाभारोले आफ्नो अन्तिम विश्वकपमा कस्तो अविस्मरणीय प्रदर्शन गर्ने हुन् भन्ने कौतूहल उत्तिकै छ। इटालीका ग्यानलुका जाम्ब्रोटा (एसी मिलान) तथा एन्डि्रया पिर्लो(ए सी मिलान) पनि कम छैनन्।

लुकास पोडोल्स्की : पछिल्ला विश्वकप-२००६मा फिफा सर्वश्रेष्ठ युवा फुटबलरको पुरस्कार जितेका जर्मन स्ट्राइकर लुकास पोडोल्स्की अहिले बढी परिपक्व भएका छन्। के यसपटक उनले पछिल्लो विश्वकपमा पाएको सम्मान कायम राख्न सक्लान् ? आम फुटबलप्रेमीको चासो रहनेछ। जर्मनीका अर्का स्ट्राइकर मिरोस्लाभ क्लोस, कप्तान फिलिप ल्हाम तथा बास्टियन स्वेन्सटिजरले लुकासलाई उत्साहपूर्ण साथ दिनेछन्।

हुलियो सिजर : ब्राजिलका यी ३० वर्षीय गोलकिपर विपक्षी स्ट्राइकरहरूका लागि झन्डै अभेद्य पर्खाल हुन्। सन् २००४ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका अनुभवी हुलियोले अहिलेसम्म ४७ अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। हालै मात्र प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको इटालीको इन्टरमिलान क्लबका पहिलो पंक्तिका गोलकिपर हुलियो ६ फिटभन्दा अग्ला छन्। उचाइसागै उनको शारीरिक लचकता एवं एथलेटिसिज्म हेर्न लायक मानिन्छ।

रक सान्ताक्रुज : इङ्ल्याण्डको म्यानचेस्टर सिटीबाट खेल्ने पाराग्वेका २९ वषर्ीय स्टार स्ट्राइकर रक सान्ताक्रुजसित पछिल्ला दुई विश्वकप सन् २००२ र २००६को राम्रो अनुभव छ। मुलुकका लागि सन् १९९८मा १६ वर्षको उमेरमै खेल्न थालेर हालसम्म ६७ वटा अन्तर्राष्ट्रिय म्याच खेल्दै २१ गोल गरेका सान्ताक्रुज बलमाथिको नियन्त्रण एवं क्लिनिकल फिनिसिङका लागि प्रख्यात छन्। रमाइलो कुरा के भने पछिल्लो पटक सन् २००६मा जर्मनीमा भएको विश्वकपमा जर्मन पत्रिका 'डेई वेल्ट'ले उनलाई 'विश्वकपको सबैभन्दा सेक्सी खेलाडी' -सेक्सियेस्ट प्लेयर एट द वल्र्ड कप)को संज्ञा दिएको थियो।

गोन्जालो हिग्वेइन : २२ वर्षीय अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेइन यस पटकको विश्वकपमा 'वन्डर ब्वाय' बनेर देखा पर्ने सम्भावना व्यक्त गरिंदैछ। म्याराडोना प्रशिक्षक भैसकेपछि २०१० देखि मात्र अर्जेन्टिनाका लागि खेल्न थालेका हिग्वेइनले अहिलेसम्म छवटा अन्तर्राष्ट्रिय म्याच खेल्दै दुई गोल गरेका छन्। 'गर या मर'को स्थितिमा रहेका दुईवटा अन्तिम छनोट चरणका लागि म्याराडोनाले उनलाई टिममा समावेश गरेका थिए र हिग्वेइनले आफ्नो पहिलो म्याचमै पेरुविरूद्ध गोल पनि गरेका थिए। ९ नम्बरको जर्सीमा मैदानमा देखिने हिग्वेइन संसारकै एक धनी क्लब रियल मेडि्रडबाट खेल्छन्। दक्षिण अफ्रिकामा उनले आफ्नो पहिलो विश्वकपको अनुभव बटुल्नेछन्।