फिफा विश्वकप - २०१० रेफ्री विवाद

कहिले खेल मिलोमतो र कुनै समय हाते गोलका कारण चर्चामा रहने अर्जेन्टिना यसपटक पनि त्यत्तिकै विदास्पद ढङ्गले विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। मेक्सिकोसँगको दोस्रो चरणको खेलमा ३-१को जित पार्दा प्रस्ट अफसाइड रहेका कार्लोस टेभेजको गोलमा अर्जेन्टिनाले अग्रता लियो। सोही दिन भएको खेलमा इंग्ल्याण्ड र जर्मनीबीचको खेल पनि विवादास्पद भएपछि फिफा अध्यक्ष सेप ब्लाटरले रेफ्री निर्णयमा प्रविधिको प्रयोग आवश्यक रहेको प्रतिक्रिया दिए। यी भए— विश्वकपमा अत्यधिक चर्चामा रहेका रेफ्री निर्णय, तर त्यस्ता आधा दर्जनभन्दा बढी निर्णय छन्, जसले उन्नाइसौँ विश्वकपको निर्णयलाई विवादमा तानेको छ।

  • मेक्सिको र अर्जेन्टिनाबीचको खेलको २६ औँ मिनेटमा लियोनेल मेसिको पासमा गोल गर्दा टेभज अफसाइडमा भए पनि इटालियन रेफ्री राबेर्टो रोसेटीले लाईन्स म्यानको सल्लाहमा गोलको निर्णय दिएका थिए। उक्त गोल हुनुअघिको खेल गोलरहित बराबरीमा थियो।
  • दोस्रो चरणमै जर्मनीको इंग्ल्याण्डमाथिको ३-१को जित पनि विवादमुक्त भएन। ३८ औँ मिनेटमा फ्रान्क लाम्पार्डको प्रहार क्रसबारमा लागेर तल झर्दा गोललाईनभन्दा कमसेकम एक फिट भित्र ठोक्किए पनि रेफ्री जर्ज लोरान्डले खेल नियमित अघि बढाउन सङ्केत गरे। २-१को अवस्था भएको समयमा रेफ्रीले लाम्पार्डको प्रहारलाई गोलको मान्यता दिएको भए खेलको अवस्था २-२ हुने थियो।
  • स्लोभानिया र अमेरिकाबीचको खेलमा अमेरिका २ गोलले पछि परेर पनि कम ब्याक गर्दै २-२ भैसकेको थियो। अमेरिकाले दोस्रो गोल गरेको एक मिनेटपछि ८५ औँ मिनेटमा लान्डन डानाभोनको पि|mकिकमा माउरिस एडुले ६ यार्ड बक्सबाट बोजान जोकिकलाई पार गर्दै गोलमा परिणत गरे। एडुले बायाँ गोडाले बल नियन्त्रणमा लिई गरेको प्रहार गोलमा परिणत भएपछि रेफ्री कोमान काउबेलीले पहिल्यै सिठ्ठी बजाए र फल दिए, तर अमेरिकाको कसले कसलाई के गरेको थियो भन्ने कहिल्यै खोले नन्।
  • अमेरिकाको अल्जेरियामाथिको १-०को जित पनि त्यस्तै भयो। २१ औँ मिनेटमा अमेरिकी मिडफिल्डर क्लिन्ट डेम्सीले हर्कुले जको गोमेजको रिबाउन्डमा गोल गरे, तर उनको गोल अफसाइड ठहर भयो। पछि रिप्ले हार्दा उनी ठीक स्थानमा थिए। अमेरिकाले अन्तिम मिनेटमा गोल गर्दै मुस्किलले खेल जितेको थियो।
  • पहिलो चरणमा मेक्सिकोको फ्रान्समाथिको २-०को जित पनि विवादमुक्त भएन। ६४ औँ मिनेटमा गोलरहित अवस्थामा रहेको समयमा राफेल माक्र्युको पासमा जेभिएर हर्नान्डेजले गोल गरे। हुगो लोरिसलेलाई पार गर्दै हर्नान्डेजको प्रहारले सफलता पाए पनि हर्नान्डेज अफसाइडमा रहेको प्रस्ट देखिन्थ्यो *पहिलो चरणमै ब्राजिलले आइभोरीकोस्टलाई ३-१ले हराउँदा लुइस फाबियानोले गरेको दोस्रो गोल पनि विवादास्पद रह्यो। आइभोरिकोस्टका दुई रक्षकलाई पार गर्दै गोल गर्नुअघि उनले बललाई दुई पटक हातले नियन्त्रणमा लिएका थिए।
  • इटाली र स्लोभाकियाबीचको पहिलो चरणको खेलमा इटालीका फाबियो क्वाग्लारिलाले बराबरी गोलको खुसीयाली मनाए पनि रेफ्रीले अफसाइडको निर्णय दिए। सोही गल्तीका कारण इटाली प्रतियोगिताबाट बाहिरियो।
  • घाना र अस्ट्रेलियाबीचको पहिलो चरणको खेलको २४ औँ मिनेटमा हेरी केविलको हातमा बल लागेको अभियोगमा रेमि रोबर्टो रोसेटीले रातो कार्ड दिए। पछि रिप्ले हेर्दा उनको हात जीउमा जोडिएका कारण हात चलाउनै पाएका रहेनछन्।