"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०२:
 
यस भूकम्पले गौशालास्थित जया बागेश्वरी मन्दिर, पशुपतिनाथ मन्दिरका केही भाग, स्वायम्भुनाथ, बुढानाथ स्तूप, रत्न मन्दिर, रानीपोखरी र दरबार हाइ स्कुलको माथिल्लो भाग ध्वस्त बनाएको थियो। पाटनको चाँगुनारायण मन्दिर, योग वीरेन्द्र मल्लको मूर्ति, पाटन दरबार क्षेत्र भित्रको पाटी, तलेजु मन्दिर, हरिशङ्कर, उमा महेश्वर मन्दिर र बुङमतीमा रहेको मछिन्द्रनाथ मन्दिर पनि ध्वस्त भएको थियो। त्रिपुरेश्वरमा मुगल वास्तुकलाबाट प्रेरित मन्दिर कल मोहन घाट पूर्ण रुपमा ध्वस्त भएको र नजिकैको त्रिपुरा सुन्दरीमा पनि ठूलो क्षति पुगेको थियो। भक्तपुरको चारधाम मन्दिर र १७औँ शताब्दीको भाटसाला दुर्गा मन्दिरलगायतका विभिन्न स्मारकपूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए। उपत्यका बाहिर गोरखाको मनकामना मन्दिर, गोरखा दरबार, पलानचोक भगवती, काभ्रेपलाञ्चोक जिल्लाको रानीमहल, पाल्पा जिल्लाका रानीमहल, मकवानपुर जिल्लाको चुरियामाई, दोलखा जिल्लाको दोलखा भीमसेनस्थान र नुवाकोट दरबारमा क्षति पुगेको थियो। भारतको उत्तरपूर्वी भागमा पनि ठूलो क्षति पुगेको थियो भने उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र अन्य राज्यहरूमा भूकम्पको तीव्र झट्काहरू महसुस भएका थिए।
 
=== आर्थिक घाटा तथा सामाजिक पक्ष ===
 
वर्षा ऋतु सुरु हुनुअघिनै भूकम्पप्रभावित सर्वसाधारणहरूले बाली लगाउन थोरै समय मात्र पाउने भएकाले यस मौसममा उत्पादन कम हुने वा हराउन सक्ने चिन्ता व्यक्त गरिएको थियो।कुल गार्हस्थ उत्पादन १९.९२१ अर्ब अमेरिकी डलर (सन् २०१२ को अनुमानअनुसार) भएको नेपाल एसियाकै सबैभन्दा कम विकसित देशमध्ये एक हो भने नेपालले ठूलो पुनर्निर्माण प्रयासलाई आफ्नै आर्थिक सहयोगबाट गर्ने क्षमता पनि कम रहेको छ। भूकम्प अघि पनि एसियाली विकास बैङ्कले हाल लगानी आकर्षित गर्न सन् २०२० सम्मको पूर्वाधार निर्माणमा वार्षिक भन्दा करिब चार गुणा बढी खर्च गर्नुपर्ने अनुमान गरेको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणले सुरुमा कुल गार्हस्थ उत्पादनको ९ प्रतिशतदेखि ५० प्रतिशतसम्म आर्थिक नोक्सानी हुने अनुमान गरेको थियो। एसियाली विकास बैङ्कका अधिकारी हुन किमका अनुसार "नेपालको कुल गार्हस्थ्यमा कति क्षति र त्यसको असर पर्छ भन्ने कुरा अहिलेका लागि धेरै कठिन छ।" एसियाली विकास बैङ्कले नेपाललाई तत्काल उद्धारका लागि ३ करोड अमेरिकी डलर अनुदान र पहिलो चरणको पुनःस्थापनाका लागि २ करोड अमेरिकी डलरसम्म अनुदान उपलब्ध गराउने बताएको थियो।
 
महाभूकम्प पश्चात् दक्षिण एसियाका वेश्यालयहरूमा महिलाहरूको आपूर्तिमा संलग्न मानव तस्करहरूले बचेकाहरूलाई सिकार बनाएको एक प्रतिवेदनले देखाएको थियो भने तस्करहरूले भूकम्पपछि उब्जिएको आर्थिक मन्दीको फाइदा उठाएका थिए। सबैभन्दा बढी प्रभावित गरिब समुदायका महिलाहरू थिए जसले आफ्नो घर गुमाएका थिए। अस्थायी शिविरहरूको असुरक्षित अवस्थाको प्रतिक्रियामा अन्तर्राष्ट्रिय सङ्गठनहरूले सुरक्षा समितिहरू लागू गर्दै शौचालय र स्नानकक्ष जस्ता आवश्यक कुराहरूका लागि नगद अनुदान प्रदान गरेको थियो। अन्तरदलीय महिला आयोगको प्रतिवेदनअनुसार एकल महिलाहरूले निकै कम राहात पाएका थिए। भूकम्पपछि महिला तथा नाबालकमाथि हुने हिंसा र बलात्कारका घटनाहरू पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक भूकम्पले केही समूहका मानिसहरूलाई निकै असर पारेको थियो। तिब्बत-बर्मेली मानिसहरू मध्य उपत्यकाहरूको विपरीत पहाडका उच्च भीरहरूमा बसोबास गर्न थालेपछि सबैभन्दा बढी प्रभावित हुँदै गएकन थिए भने तिनीहरू शिक्षाबाट पनि बञ्चित भएका थिए। सरकारी सर्वेक्षणका अनुसार भूकम्प गएको करिब ३ महिनापछि बालबालिकामा कुपोषण निकै खराब अवस्थामा पुगेको थियो जसमा सबैभन्दा बढी कुपोषित तामाङ र चेपाङ जातका बालबालिकाहरू परेका थिए। विश्व खाद्य कार्यक्रमका अनुसार भूकम्प जानुअघि पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाहरू मारमा परेका थिए भने २९ प्रतिशत तौल कम देखिनुका साथै ११ प्रतिशत बालबालिकाहरू दुब्लाएको प्रतिवेदनमा उल्लेख छ।
 
== राहत कार्य ==