"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎भूकम्प: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३२:
भूकम्प गएको २० मिनटको अन्तरालमा पूरै देशभरी लगातार भूकम्पको पराकम्पहरू गैरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो जसकारण [[नेपाल|देश]]का पहिरोको जाने खतरा बनेको थियो। २९ वैशाख २०७२ का दिन दिउँसोको १२ बजेर ५० मिनेट जाँदा देशले पुनः ७.३ रेक्टर स्केलको भूकम्पको समाना गर्नु परेको थियो जसको केन्द्र काठमाडौँ र सगरमाथाको बीचमा [[चीन]]को सिमाना नजिक थियो।<ref>{{cite web|url=https://ekantipur.com/photo_feature/2020/04/24/158770908306368801.html|title=२०७२ को भुईंचालोको सम्झना [तस्बिरमा]|date= |work=इ कान्तिपुर|accessdate=}}</ref> यस पराकम्पमा २०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो भने र २,५०० भन्दा बढी घाइते हुँदा कयौँ घरबारविहीन बनेका थिए।<ref name=CNN2nd>{{cite news|title=यस हप्तामा भूकम्पका कारण मर्नेहरूको सङ्ख्या १२५ भन्दा माथि|publisher=सिएनएन|date=14 May 2015|author=महेश श्रेष्ठ|url=http://www.cnn.com/2015/05/14/asia/nepal-earthquake/|access-date=14 May 2015}}</ref>
 
==भूकम्प जानुकोभूकम्प कारण==
 
२०७२ साल वैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौँ उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ ।
वि.सं. २०७२ वैशाख १२ गते शनिबारका दिन नेपाली प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किलोमिटर (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किलोमिटर (९.३ माइल) गहिराइमा गएको थियो। यस महाभूकम्पलाई सुरुमा संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले ७.५ रेक्टर स्केलको रहेको प्रतिवेदन निकालेको थियो भने चिनियाँ भूकम्प सञ्जाल केन्द्रले भूकम्पको रेक्टर स्केल ८.१ रहेको प्रतिवेदन दिएको थियो। भारत मौसम विज्ञान विभागले नेपाली समय अनुसार नेपालमा ११:५६ र १२:३० मा गरी दुई शक्तिशाली भूकम्प गएको बताएको थियो। पहिलो पटक ७.८ रेक्टर स्केल मापन गरिएको भूकम्प र त्यसको केन्द्र विन्दु भएर ८० किलोमिटरको दुरीमा नेपालको राजधानी काठमाडौँबाट उत्तर–पश्चिमतर्फ रहेको पत्ता लागेको थियो। यस महाभूकम्पको केन्द्रको नजिक भरतपुर सहर परेको थियो भने भूकम्प महाशाखाका अनुसार ६.६ रेक्टर स्केलको भूकम्प पहिलाको भन्दा कम शक्तिशाली रहेको जनाइएको थियो जुन काठमाडौँबाट पूर्वमा ६५ किमीमा (४० माइल) गएको थियो जसको भूकम्पीय केन्द्र पृथ्वीको सतहभन्दा १० किमी (६.२ माइल) गहिराइमा रहेको थियो। सुरुको महाभूकम्पपछि पछिका दिनहरूमा ४.५ रेक्टर स्केल र त्योभन्दा बढी रेक्टर स्केलका ३८ भन्दा बढी भूकम्पको धक्का महसुस भएका थिए जसमा ६.८ रेक्टर स्केलको भूकम्प पनि सामेल छ।संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प जानुको कारण जमिनको सतह भन्दा ९ माइल तल रहेको एक चट्टान सरेका कारण त्यसले धक्का दिएको जनाइएक‍ थियो २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो।
 
== भूकम्पले गरेको विनाश ==