"मोबाइल फोन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा revert
चिनो: पूर्ववत
पङ्क्ति ३२:
[[श्रेणी:मोबाइल फोन]]
[[श्रेणी:प्रविधि]]
{{DEFAULTSORT:मोवाइल_फोन}}
मोबाइल आवश्यकता कि विकृत
आजभोलि मोबाइल फोन आम मानिसको जीवन पद्धति बनेको छ। समाज विकासको चरणसँगै खानदानी र सम्पन्न जीवनशैलीको प्रतिक रहेको मोबाइल फोन आजभोलि प्रायः सबैको आवश्यकता बनेको छ। साँच्चै भन्नुपर्दा एउटा अनिवार्य साधन जस्तो बनेको छ, मोबाइल फोन। हाम्रो समाजले सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। त्यसको प्रष्ट उदाहरण मोबाइल फोन हो। हिजो ठूला साहुमहाजनको पहुँचमा मात्र सीमित माबोइल फोन आलभोलि सर्वसाधारण जनताको जीवनपद्धति बनेको छ।
 
विगत ५-१० वर्ष अगाडिको समयलाई फर्केर हेर्ने हो भने एउटा कथा जस्तो लाग्छ। हो कुनै बेला मोबाइल फोन हेर्नकै लागि ठूला-ठूला महाजनको घरमा मानिसको भीड लाग्ने गथ्यो, कुनै बेला यस्तो समय पनि थियो। मानिस आफूलाई ठूलो देखाउनकै लागि मोबाइलको रिङ्टोन बजाएर फोन आएको भनेर दुनियाँलाई झुक्याउने गथे। हातमा मोबाइल फोन हुनेको समाजमा शान र रवाफ नै बेग्लै हुन्थ्यो, उनीहरु आफुलाई समाजको ठूलो मान्छे ठान्थे। कुनै बेला यस्तो पनि थियो मानिस टेलिफोन गर्नका लागि लाइन बस्थे। दिनभर हिँडेर मान्छे विदेशमा रहेका आफन्तसँग बोल्नको लागि टेलिफोनको लाइन बस्थे। विदेशबाट कसैको फोन आयो भने उठाउनको लागि घण्टौं लाइन बस्नुपथ्यो। मानिसको सोझोपनको फाइदा उठाएर फोन उठाएको पनि पैसा असुल्नेहरु थिए। तर अहिले समय बदलिएको छ। विदेशमा रहेको साहिँलासँग बोल्नका लागि साहिँलीलाई घण्टौं लाइन लाग्नु पर्दैन। आफ्नो हातमा रहेको मोबाइलमा नम्बर डायल गरे पुग्छ। अब चमेलीलाई आफ्ना घरायसी कुराहरु कसैले सुन्लान कि भन्ने डर छैन। ढुक्कसँग आफ्ना श्रीमान्सँग मोबाइलमा आफ्ना मनका भावना पोख्न सक्छिन्। रामबहादुरले आफ्नो पसलमा सामान पठाउनको लागि साहुलाई चिठी लेखिरहनु पर्दैन मात्र एक कल फोन गरे पुग्छ।
 
मोबाइल फोनले धेरैको दैनिकीलाई सजिलो बनाइदिएको छ। धेरैको दैनिकी मोबाइल फोनबाट शुरु भएर मोबाइल फोनमै अन्त्य हुन्छ। बिहान सबेरै मोबाइल आलारामसँगै उठेर ताजा समाचार मोबाइलमै सुन्दै आफ्नो एक्लोपन र उदासीलाई हटाउन मोबाइलमा नयाँ-नयाँ गीत सुन्दै चौतारीमा सुस्ताउँदै बेलुका देश विदेशका खबर थाहा पाउन समाचार सुन्नेदेखि लिएर सुत्ने बेला भोलिपल्ट बिहानको लागि आलाराम लगाएर निदाउनु आजभोलि धेरैको दैनिकी भएको छ। मोबाइल फोनले धेरैको जीवनलाई सहज बनाएको छ। मोबाइल फोन बिनाको जीवन अब साह्रै कष्टकर हुन थालेको छ। हो, मोबाइल फोन धेरैको आवश्यकता बनिसकेको छ। तर मोबाइल फोनको बढ्दो प्रयोगसँगै यसले ल्याएका विकृति पनि कम छैनन्। जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुपाको बीँड भनेझैं जान्नेहरुले मोबाइल फोनलाई आफ्नो जीवन पद्धतिको अभिन्न अ· बनाइसकेका छन् भने यसको महत्त्वलाई नचिन्ने र दुरुपयोग गर्नेहरुले यसलाई अपराध गर्ने माध्यम बनाइरहेका छन्। हिजो आज मोबाइल फोनको माध्यमबाट अपराध बढ्दो छ। बेला-बेलामा मोबाइल फोनमा आउने धम्कीपूर्ण म्यासेज र मोबाइलबाट नचिनेको नम्बरमा फोन गरेर धम्क्याउने प्रवृति बढ्दो छ। बालबालिकाहरुलाई अपहरण गरेर फोनबाट धम्काई पैसा असुल्ने काम पनि पछिल्ला दिनहरुमा बढ्दो छ। यी सब मोबाइल फोनले ल्याएका विकृति हुन्। त्यति मात्र नभएर नचिनेको नम्बरमा मिसकल गरेर हैरान पार्नेदेखि लिएर नयाँ-नयाँ नम्बरबाट फोन गरी झुक्याउने र बेलाबेला नयाँ नम्बरबाट थर्काउनेजस्ता समस्या आम मोबाइल प्रयोगकर्ताले भोग्दै आएका साझा समस्या हुन्।
 
मोबाइल फोन आजको आवश्यकता हो। किन कि आजको युग सूचना र प्रविधिको युग हो। हामी प्रविधिबाट टाढा रहेर जीवन बिताउन सक्दैनौ र अर्को कुरा हामी सूचनाको पहुँचबाट टाढा रहेर कहिल्यै प्रगति गर्न सक्दैनौं त्यसैले अहिलेको युगको चुनौतीलाई सामना गरी युग सापेक्ष ढ·ले बाँच्न हामीलाई प्रविधि प्रयोग गर्नु जरुरी छ। तर त्यसो भन्दैमा त्यसको महत्त्व र प्रयोग थाहा नपाई वा आवश्यक नपरी त्यसको प्रयोग गर्दा त्यो चाहिनेभन्दा नचाहिने काममा नै बढी हुन्छ।
 
आलभोलि हामी सबैको हात हातमा मोबाइल फोन देख्न सक्छौं। ४-५ कक्षा पढ्ने १०-१२ वर्षको केटाकेटीदेखि लिएर वृद्धा अवस्थाका मानिसहरु समेतसँग मोबाइल फोन रहेको पाउँछौं। १०-१२ वर्षका केटाकेटीले मोबाइल फोनलाई कसरी प्रयोग गर्लान् त्यो हामी सबैले बुझेकै कुरा हो। निश्चय नै यो तिनीहरुको आवश्यकता नभएर रहर हो र पक्कै पनि त्यो सदुपयोग भन्दा पनि दुरुपयोग भइरहेको हुन्छ। स्कूल पढ्ने केटाकेटीहरुले मोबाइल फोनबाट अश्लिल सामाग्री छ्यापछ्याप्ती पाउन सक्छन्। आलभोलि मोबाइल फोन माया प्रेम गाँस्ने प्रभावकारी माध्यमको रुपमा विकसित भएको छ। अधिकांश युवायुवती फोनमा अनावश्यक गफ गरी आफ्नो समय र पैसाको बर्बाद गरिरहेका भेटिन्छन्। पढ्ने बेलामा फोनमा गफ गर्ने र माया प्रेम गाँस्ने चक्करमा फसिरहेका हुन्छन् उनीहरु। अझ तथ्याड्ढलाई हेर्ने हो भने त मोबाइल फोन हाम्रो मृत्युको प्रमुख कारण रहेको पाउँछौं। विश्वका अधिकांश मानिसको मोबाइल फोनको प्रयोग कै कारण दुर्घटनामा परी ज्यान गएको पाइन्छ। आलभोलि बजारमा छ्यापछ्याप्ती पाइने अश्लिल भिडियो क्लिप्सको कारण पनि मोबाइल फो नै रहेको छ। मानिसहरुको मोबाइल फोनलाई अश्लिल तस्विर र भिडियो खिच्ने र प्रचारप्रसार गर्ने सजिलो माध्यम बनाएका छन्। अधिकांश युवायुवती मोबाइल मार्फत इन्टरनेट चलाउँछन् र तीमध्ये धेरैले अश्लिल सामाग्री हेर्न यसलाई प्रयोग गर्छन्।
 
हो मोबाइल फोनको उपयोगिता धेरै छ। हामीले यसबाट धेरै ज्ञानगुनका कुरा सिक्न सक्छौं। मोबाइल मार्फत इन्टरनेट चलाएर हामीले धेरै कुरा खोज्न सक्छौं। यसले हाम्रो पर्ढाईमा समेत सहयोग गर्छ तर हामीले त्यसलाई राम्रो काममा प्रयोग गर्ने चेष्टा नै गर्दैनौँ बरु त्यसलाई नराम्रो काममा मात्र प्रयोग गछौर्ं। मोबाइल फोनलाई टाढा-टाढा रहेका आफन्त, इष्टमित्र, साथीभाइसँग सर्म्पर्क गर्न सजिलो हुन्छ तर यसले धेरै मान्छेलाई मिसकल आतड्ढ पनि दिइरहेको छ। नचिनेको नम्बरबाट फोन आउने, थर्काउने र झुक्याउने समस्या सबैले भोग्दै आएको समस्या हुन् यति मात्र होइन मोबाइल फोनले अपराधिक घटना बढाउन सहयोग पनि गरेको छ। वास्तवमा मोबाइल फोनका धेरै फाइदा छन् र यसले मानव जीवनलाई सहज र सरल बनाइदिएको छ। तर यसलाई हामीले सही रूपले उपयोग गर्न नसक्दा विभिन्न विकृति पनि उत्पन्न भएका छन्। तसर्थ त्यस्ता विकृतिलाई हटाउँदै मोबाइल फोनलाई सही रुपले उपयोग गर्दै मानव कल्याणमा लाग्नु नै आजको आवश्यकता हो।
नाम दिपक पाण्डे
उदयपुर
"https://ne.wikipedia.org/wiki/मोबाइल_फोन" बाट अनुप्रेषित